१२ साउन २०८३, मंगलबार

पछिल्ला पाँच दिन घटेको नेप्सेमा सुधार

फागुन १०, २०७९
पछिल्ला पाँच दिन घटेको नेप्सेमा सुधार

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापश्चात निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचकमा सुधार देखिएको छ । पछिल्लो पाँच दिनको कारोबारमा १३५.८२ अंकले घटेको नेप्से परिसूचक बुधवारको कारोबारमा ३३.५७ अंकले बढेर २०८०.३८ बिन्दुमा पुगेको छ ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.८० अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले बढेको छ । 

बुधवार कारोबारमा आएका २६९ कम्पनीको ४७ लाख ७९ हजार कित्ता शेयर १ अर्ब ८० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा कारोबार रकमसमेत बढेको छ । 

नेप्सेका १३ उपसमूहमध्ये बुधवार ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ । 

जसमा जलविद्युत उपसमूहको परिसूचक ३।८५ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतले बढेको छ ।

यता लघुवित्त उपसमूहको परिसूचकको १.३८ प्रतिशत घटेको छ । 

बुधवार नेप्से परिसूचक बढेसँगै ३ कम्पनीको शेयर मूल्य  ९ प्रतिशतभन्दा धेरै बढेको छ । जसमा लिबर्टी इनर्जीको शेयरमूल्य ९.८०, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत कम्पनीको ९ प्रतिशतभन्दा बढी बढेको छ भने पिपुल्स पावरको शेयरमूल्य ८.४० प्रतिशत बढेको छ ।

आदर्श लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ​

बुधवार हिमालयन डिस्टिलरी कम्पनीको १३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्