२८ जेठ २०८३, बिहीबार
खानपान

बुढेसकालमा ‘माइन्ड डाइट’ रोज्नुहोस्

फागुन १३, २०७९
बुढेसकालमा ‘माइन्ड डाइट’ रोज्नुहोस्

माइन्ड डाइट (मस्तिष्क आहार) भन्नाले ड्यास र भूमध्य आहार (ड्यास एन्ड मेडिटेरियन डाइट) लाई बुझिन्छ । बुढेसकालको मस्तिष्कको स्वास्थ्यलाई लक्षित गरेर तयार गरिएको यो डाइट निकै प्रभावकारी मानिन्छ ।

यो डाइटलाई ड्यास आहार भनेर पनि चिनिन्छ । माइन्ड डाइटमा बुढेसकालको स्वास्थ्यलाई लक्षित गरी तयार गरिएकाले पचाउन सहज खालका परिकार हुन्छन् । मस्तिष्कलाई लाभ पुर्‍याउने हेतुले तयार गरिने यो डाइटमा ओमेगा–३ ले भरिपुर हुने खालका हुन्छन् ।

null

कुनै पनि खाना खानु अगाडि यो खाना आफूलाई लाभदायक छ कि छैन भन्ने कुरा सोच्नुपर्ने बेला आएको छ । सर्वश्रेष्ठ आहार सूची सन् २०२२ को उच्च स्थानमा माइड डाइटलाई राखिएको छ । मेडिटेरियन डाइटसँग मिल्दोजुल्दो भए तापनि यसलाई नै बढी स्वस्थकर मानिएको छ । किनकि मेडिटेरियन डाइटमा धेरै विविधता भएका कारण उमेर गएका समूहलाई त्यति धेरै प्रभावकारी मानिन्न । यो डाइटमा पचाउन सहज र दिमागको स्वास्थ्यलाई ध्यानमा राखेर डिजाइन गरिएको हुन्छ । माइण्ड डाइटलाई ब्रेन सपोर्टिङ आहारको रूपमा पनि चिनिन्छ । 

null

कस्तो हो मस्तिष्क (माइण्ड) आहार ?

माइन्ड डाइटमा मुख्यतया माछाका भेराइटी, हरियो सागपात, काजु, किसमिस, बदाम, ओखर जस्ता ड्राइ फ्रुट्स, ताजा सब्जी, कुखुराको मासु, गेडागुडी, बेरी, जैतुनको तेल र फ्रुट वाइन पर्दछन् । उमेर पुगेकाले रातो मासु पचाउन गाह्रो हुने हुँदा यो आहारमा खसीको, भेडाको, बंगुरको, भैंसीको मासुहरू बर्जित गरिएको छ ।

null

यो डाइटमा फ्राइ फास्टफूड, चीज, केक, मिठाइ, बटर र घ्यू जस्ता उच्च क्यालोरी हुने वस्तु सकेसम्म कम गर्नु जरुरी हुन्छ । यो आहारका लागि ताजा फलफूल र जुस मात्रा मिलाएर नियमित लिन सकिन्छ । हार्ड ड्रिन्क्स हुस्की नलिँदा उत्तम हुन्छ । अल्कोहल लिने बानी भए ‘रेड वाइन’ लिँदा फाइदा हुन्छ ।

null

यो आहार अनुशरण गर्न चाहनेले सलाद पत्ता, गेडागुडीको सुप, माछाको परिकार, माछाको फुल, गेडागुडीको सातु, सागपात, आलस, हरियो या सुकेको भटमासको परिकार, चिसो पानीमा हुर्कने माछाहरू उपयुक्त मानिन्छ । नेपालमा पाइने जापानीज ट्राउट माछा यो आहार अनुशरण गर्नेका लागि उत्तम मानिन्छ ।

nullnullnull

चिया सिड्स र ओखर पनि उपयुक्त डाइट हुन्छ । सार्डिस, हेरिङ, सालमन, एन्चोभी, माछाको तेल, ओएस्टर, क्यभिएर, एभोगाडो, राजमा, भाङको गेडा प्रभावकारी मानिन्छ । जसमा पर्याप्त मात्रमा ओमेगा–३ प्याटी एसिड पाइन्छ ।

झिङ्गे माछा, सामुन्द्रिक झार (सिविड), भटमासको तेल पनि उपयुक्त र स्वस्थकर मानिएको छ ।

null

भुटेको गहुँको चिउरा (ह्विट जम्स) पनि माइन्ड आहार अनुशरण गर्नेहरूका लागि उत्तम मानिएको छ । यो आहारका लागि ताजा पाउरोटी, दूध, दही, बच्चाहरूले खाने परिकार लिटो अर्थात पोरिज पनि राम्रो मानिन्छ । ब्रोकाउली, अम्बा, हरियो फर्सी, पालक, ब्रुसेल स्प्राउट, फर्सीको बिया, तोरीको तेल, छोगडा, तोफु, हरियो कलिला दूधे मकै यी सबै परिकार माइण्ड आहारका लागि उत्तम र स्वास्थ्यमैत्री छन् ।

null

null

salt training

कमेन्ट गर्नुहोस्