२० असार २०८३, शनिबार

मेरी बास्सैमा फेरि देखिँदै 'माग्ने बुढा'

फागुन १५, २०७९
मेरी बास्सैमा फेरि देखिँदै 'माग्ने बुढा'

नेपालको सबैभन्दा लामो समय प्रशारण भएको हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे देखिने भएका छन् ।  मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुनेछन् ।
मिडिया हवको अफिसियल सामाजिक सञ्जालहरुमा केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्वजनिक गरिएको छ । 

छक्का पञ्जाको प्रदर्शनको छेको पारेर यो टिमका दुई कलाकार प्रचारका लागि मेरी बास्सै पुगेका हुन् । मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरेसँगै बेनिशा हमाल पनि देखिनेछिन् भने अरु कलाकारहरु छन् वा छैनन् त्यो स्पष्ट छैन ।
मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो । उनलाई यसै टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो । मेरी बास्सै हरेक मंगलबार राती ९ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आईरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्