
होलीको अवसरमा सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूको लागि मेघा होली क्याम्पको आयोजना गरेको छ ।
२०७९ फागुन १७ गते सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले एक विशेष समारोहबीच उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन्।
कार्यक्रममा सिप्रदीका प्रमूख कार्यकारी अधिकृत श्रेष्ठले ग्राहकवर्ग को चाहना, आवश्यकता र हालको परिस्थितिलाई मध्यनजर गरी टाटा कमर्सियल गाडीहरूको संचालन खर्चलाई न्यूनीकरण गर्ने उद्देश्यले सिप्रदीले गुणस्तरीय सेवाको साथमा टाटा जेन्यूइन पार्ट्स तथा टाटा जेन्यूइन आयलको मूल्यमा भारी छुट सुविधा प्रदान गरेको र उक्त सुविधाको भरपुर फाइदा उठाउन ग्राहकवर्गमा अनुरोध गरे।
यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरूको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्यूइन पार्ट्समा १५ देखि २२ प्रतिशतसम्म छुट, टाटा जेन्यूइन आयलमा २५ प्रतिशतसम्म छुट, सर्भिस बुकिङ गरेर आउने गाडीहरूलाई लेबर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क वासिङ सुविधा रहेको छ।
यस क्याम्पमा सहभागी हुने ग्राहकहरूका लागि अर्को पटकका लागि पनि उही छुट सुविधा भएको सर्भिस छुट कुपनको साथमा ३ जना ग्राहकहरूलाई स्मार्ट फोन जित्ने सुवर्ण अवसर पनि प्रदान गरेको छ ।
सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरूमा २०७९ फागुन १७ देखि २१ गते सम्म उक्त क्याम्प सञ्चालन हुने जनाइएको छ।