२४ असार २०८३, बुधबार

निशा अधिकारीले पति शरदविरुद्ध दायर गरिन् अंशवण्डाको मुद्दा

फागुन २१, २०७९
निशा अधिकारीले पति शरदविरुद्ध दायर गरिन् अंशवण्डाको मुद्दा

अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीचको वैवाहिक सम्बन्धमा दरार आएको छ । 

निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंशवण्डा (अंशचलन)को मुद्दा दायर गरेकी छिन् । 

गत भदौं २८ गते निशाले दायर गरेको अंश चलनको मुद्दामा अदालतले आइतवार सम्पत्तिको फाँटवारी माग गर्न आदेश दिएको छ ।

अदालतको वेबसाइटमा उल्लेख भएअनुसार न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो । 

केही समयको प्रेमसम्बन्धपश्चात यी दुईले २०७४ सालमा विवाह गरेका थिए । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् ।

यति बेला भने दुवै जना नेपालमा छन् । निशाले सम्बन्ध विच्छेदको मुद्दा भने दायर गरेकी छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्