०८ असार २०८३, सोमबार

फिल्ममा जस्तै गीतमा पनि सिरिजको लहर

फागुन २३, २०७९
फिल्ममा जस्तै गीतमा पनि सिरिजको लहर
‘धनगढीको बसमा ३’को छायाँकनका क्रममा निर्देशक काजिश श्रेष्ठका साथमा गायिकाद्वय समीक्षा अधिकारी र कमला घिमिरे ।

हलमा यतिबेला दुई फिल्म ‘छक्का पञ्जा ४’ र ‘छ्डके २’ प्रदर्शनरत छन् । यी दुवै यसअघिकै पुरानै नामलाई निरन्तरता दिएर निर्माण गरिएका फिल्म हुन् । 

फिल्ममा सिरिज अथवा सिक्वेलको लहर अब नयाँ रहेन । यतिबेला फिल्ममा जस्तै गीतमा पनि सिरिजको लहर देखिएको छ ।

पहिले हिट भइसकेका गीतको नाममा थुप्रै नयाँ गीत आइरहेका छन् । कलाकार शिशिर भण्डारीले केही दिनअघि मात्रै ‘फोटो फिरिममा ३’ ल्याएका छन् । ‘फोटो फिरिममा’ अहिलेकी चर्चित गायिका रचना रिमाललाई स्थापित गर्ने गीत हो । 

दुई/तीन दिनमै ‘धनगढीको बसमा ३’ सार्वजनिक गर्ने तयारी छ ।

अमृत सापकोटा, समीक्षा अधिकारी र कमला घिमिरेको स्वर रहेको गीतको भिडियो छायाँकन भइसकेको छ । भिडियोमा पनि अमृत, समीक्षा र कमला देखिँदैछन् । 

अन्य थुप्रै कलाकारहरूले आफ्नो हिट गीतको सिरिज ल्याइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्