११ असार २०८३, बिहीबार

एसएमएल इसुजुको कमर्सियल गाडीहरूका लागि एक हप्ते फ्री सर्भिस क्याम्प

फागुन २९, २०७९
एसएमएल इसुजुको कमर्सियल गाडीहरूका लागि एक हप्ते फ्री सर्भिस क्याम्प

लक्ष्मी ग्रुपअन्तर्गत लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.ले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिनका लागि एसएमएल इसुजुका गाडीहरूको निःशुल्क सर्भिस क्याम्प शुरू गरेको छ ।

कम्पनीले एक हप्ताका लागि काठमाडौंको गुर्जुधारामा रहेको जीएफआई सर्भिस सेन्टरमा निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरेको हो ।

यो सर्भिस क्याम्प आज (फागुन २९ गते)देखि चैत ४ गतेसम्म सञ्चालन हुनेछ । यो सर्भिस क्याम्पबाट एसएमएल इसुजुका ग्राहकहरुले निम्नानुसारका सेवा तथा सुविधा पाउने छन् ः 

– अगाडि बम्परदेखि पछाडि बम्परसम्म गाडीका सबै पार्टपुर्जाको १००% फ्री चेकजाँच
– सामान्य मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा पनि १००% छुट
– विशिष्टिकृत मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा ५०% सम्मको छुट 
– लुब्रिकेन्टहरूमा १५% को छुट 
– स्पेयर पार्टसहरूमा ५०% सम्मको छुट 
– साथै, फ्री सर्भिस क्याम्पमा आउने ग्राहकहरू तथा चालकहरू लागि विशेष गिफ्ट

null

सर्भिस क्याम्पकै अवधिमा कम्पनीले चालकहरूका लागि विशेष किसिमको तालिमको पनि व्यवस्था गरेको छ । गाडीहरूमा भएको परिवर्तन र सञ्चालन विधिसम्बन्धी तालिम सञ्चालन गर्न लागिएको हो ।

यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरू लिएर आएर विभिन्न छूट तथा तालिम प्राप्त इन्जिनियरहरूबाट चेकजाँच गराई सुविधा लिन लक्ष्मी कमर्सियल भेहिकल्सले अनुरोध गरको छ ।  

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औधोगिक तथा व्यापारिक घराना हो ।

लक्ष्मी ग्रुप हुन्डाइका प्यासेन्जर कारहरू, बीएमडब्लुका कारहरूको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरू र एसएमएल इसुजुका कमर्सियल गाडीहरूको आधिकारिक वितरक भै कार्य गरिआएको छ । 

लक्ष्मी ग्रुप अन्र्तगतको लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.ले नेपालमा एसएमएल इसुजुका कमर्सियल गाडीहरूको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ ।
यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरू नेपालमा आयात गरी नेपालको बजारमा बिक्री वितरण गर्ने र उक्त गाडीहरूलाई बिक्रीपछिको सेवा पनि दिँदै आएको छ । एसएमएल इसुजुले १४ सिट क्षमतादेखि ५५ सिट क्षमतासम्मका स्कूल बस, स्टाफ बस तथा ३ टनदेखि ९ टन क्षमताका ट्रकहरू र ३ देखि ६ क्युबिक मिटर क्षमताका टिप्पर बजारमा छन् ।

मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरू नेपालमा ग्राहकको रोजाइमा पर्न सफल भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्