
फिल्म ‘नीरफूल’ आगामी जेठ १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । धादिङको रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरूङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् ।
फूलमान बलले निर्देशन गरेको फिल्ममा म्यानमारका तत्कालीन राजदूत ऊ लिउन उ र अभिनेत्री रेखा थापाको पनि विशेष भूमिका रहेको छ । फिल्म भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित रहेको निर्देशक वलले बताए ।
फ्रेण्ड्स अफ नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुन्। निरफूलमा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ । यस्तै फिल्ममा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
यसअघि २०७६ चैत ७ गते रिलिज हुने भनिएपनि फिल्म त्यतिबेला कोरोना महामारीको कारण प्रदर्शन हुन सकेको थिएन ।