२९ असार २०८३, सोमबार

करण जोहरले आफू ‘गे’ भए नभएको खुलासा गर्ने

कात्तिक २०, २०७४
करण जोहरले आफू ‘गे’ भए नभएको खुलासा गर्ने
करण जोहर अहिलेसम्मका सबैभन्दा सफल निर्देशक मध्ये एक हुन् । उनको व्यवसायीक जीवन त उत्कृष्ठ चल्दै आएको छ ।

तर आफ्नो व्यक्तिगत जीवनबारे उनले खास कुरा बताउने गरेका छैनन् । उनी होमोसेक्सुअल भएको बारेमा भारतीय फिल्म उद्योगमा बेलाबेलामा चर्चा चल्ने गरेको छ ।

उनीमाथि ऐ दिल है मुश्किल फिल्मको शुटिङको बेलामा गतल तरिकाले छोएको अनुष्काले आरोप समेत लगाएकी थिइन् ।

एक पटक फेरी करण जोहरको यौन जीवनबारे प्रश्न उठेको छ । उनको वारेमा सन् २०१७ मा एक पुस्तक आउन लागेको छ । जसमा उनले आफू गे भएको नभएको बारे जानकारी दिने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार करण जोहर आफ्नो वायोग्राफी द अनसूटेबल व्वाइ शीर्षकमा यस विषमा प्रस्तुत हुने छ । करणले आफ्नो यौन जीवन बारेमा केही उल्लेख गर्ने गरेका छैनन् भने उनको व्यवहार होमोसेक्सुअल भएको चर्चा भारतमा हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्