×

NMB BANK
NIC ASIA

चितवन र मूलपानीमा रोकिएका क्रिकेट रंगशालाको निर्माण छिटो गर्ने प्रधानमन्त्रीको घोषणा

चैत ३, २०७९

NTC
Premier Steels

नेपालले सनसनीपूर्ण प्रदर्शन गर्दै एकदिवसीय विश्वकपको ग्लोबल छनोट खेल्ने पक्का भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशालाको निर्माणलाई तीव्रताका साथ अघि बढाउने घोषणा गरेका छन् । 

Muktinath Bank

आईसिसी विश्वकप लिग २ मा नेपालले एक बिहीबार यूएईविरुद्ध चामत्कारिक जीत दर्ता गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन रंगशालाको निर्माणलाई तीव्रता दिने घोषणा गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सम्माननीय प्रधानमन्त्री प्रचण्डले मूलपानी, चितवन लगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध घोषणा गर्नुभएको छ।’ प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलमा भनिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान मात्रै विजयी नेपाली खेलाडीसँग भेट गरेका थिए । ग्लोबल क्वालिफायरमा छनोट हुने नेपाली टिमका प्रत्येक खेलाडीलाई जनही ३\३ लाख दिने घोषणा गरेलगत्तै प्रधानमन्त्रीले निर्माणधीन रंगशाला पनि निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन् ।

Vianet communication

काठमाडौंको मूलपानीमा  वर्षौ अघिदेखि निर्माणधीन क्रिकेट मैदान र पूर्णत बन्न सकेको छैन । चितवनमा हाँस्यंग्य कलारका सीताराम कट्टेले रंगशाला निर्माणको कामलाई अघि बढाए पनि पैसाको अभावमा रोकिएको छ । अर्बौ लाग्ने रंगशाला निर्माणले कट्टेलले हात हाले पनि फत्ते गर्न नसकेपछि यसको निर्माणको सबै जिम्मा सरकारले लिनुपर्ने माग भइरहेको छ ।

‘मलाई अत्यन्त खुशी लागेको छ । हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईंहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’ विजयी क्रिकेट खेलाडीलाई भेटेपछि प्रचण्डले भनेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x