
राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट कुमारी घरमा भएको पूजाको प्रसाद पुर्याइएको छ ।
सोही क्रममा कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई निर्वाचित भएको बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिइएको छ ।
कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने एकादशीका दिन राष्ट्रप्रमुख समक्ष सो पूजाको प्रसाद पुर्याइने परम्परा छ ।
सोही परम्परा अनुसार आज राष्ट्रपति निवास शीतलनिवासमा कुमारी घरका प्रतिनिधिले राष्ट्रपति पौडेलसमक्ष पहिलो पल्ट कुमारी घरको प्रसाद पुर्याइएका हुन् ।