२० असार २०८३, शनिबार

‘धोकेबाज हौ तिमी’ गीतमा विवाद गर्नुपर्ने आवश्यकता देखेको छैन : शिव परियार

‘मेल, फिमेल र चाइल्ड तिनै भर्सनमा स्वर दिने आधिकारिक गायक–गायिका हुन’
‘धोकेबाज हौ तिमी’ गीतमा विवाद गर्नुपर्ने आवश्यकता देखेको छैन : शिव परियार

गायक शिव परियारले ‘धोकेबाज हौ तिमी’लाई मेल, फिमेल र चाइल्ड तीनवटै भर्सनमा स्वर दिनेहरू गीतका आधिकारिक र वास्तविक गायक–गायिका रहेको बताएका छन् । 

उनले यस विषयमा कुनै विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता आफूले नदेखेको बताएका छन् । 

सुवास कार्की (कार्कीजी)को शब्द एवं संगीत रहेको गीतलाई उनले फिमेल, मेल, र चाइल्ड तीन वटा भर्सनमा सार्वजनिक गरेका छन् । 

‘यसमा स्वर दिने कुनै पनि गायक–गायिकाले यो गीत मेरो मात्र हो, अरूको होइन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होइन/छैन । चोरी चकारी वा कभर गरेर हामी कसैले गाएको पनि होइनौ’ शिवले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यस गीतलाई मेल, फिमेल र चाइल्ड यि तिनै भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक/गायिका नै यसका आधिकारिक र ओरिजिनल गायक–गायिका हुन ।’  

‘धोकेबाज हौ तिमी’ गीतलाई फिमेल भर्सनमा एलिना चौहान, मेल भर्सनमा शिव परियार र चाइल्ड भर्सनमा सुप्रिम मल्लले स्वर दिएका छन् ।

गीत केही समयदेखि सर्वाधिक चर्चामा छ । डेढ वर्षअघि पहिले फिमेल र त्यसको केही महिनापछि मेल भर्सनमा यो गीत सार्वजनिक भएको थियो ।

चाइल्ड भर्सन भने एक महिना अघिमात्रै सार्वजनिक भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्