०३ साउन २०८३, आइतबार

‘प्रसाद २’ फिल्मको पहिलो गीत ‘मार्सी धान’ रिलिज

‘प्रसाद २’ फिल्मको पहिलो गीत ‘मार्सी धान’ रिलिज

यही चैतको २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’ले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा फिल्मकर्मी, यसको निर्माणपक्ष र वितरकमा छ ।

फिल्मको ट्रेलर सार्वजनिक भएसँगै नै यसले चर्चा पनि पाइरहेको छ । 

यसैबीच, निर्माण टिमले फिल्ममा समावेश पहिलो गीत ‘मार्सी धान’ मंगलवार रिलिज गरेको छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ । 

लोकशैलीमा तयार पारिएको गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास निर्माण टिममा छ । यो गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका छन् । 

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्वय विपिन कार्की र केकी अधिकारीको साथमा म्युजिक भिडियोमा जमेको जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य हेर्न सकिन्छ ।

सुदर्शन थापाको निर्देशन रहेको ‘प्रसाद २’मा अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । सुशील पौडेलको लेखन, सुदर्शन बस्नेतको निर्माण रहेको फिल्मको प्रस्तुतकर्ता सुभाष थापा हुन् ।

salt training

कमेन्ट गर्नुहोस्