१३ असार २०८३, शनिबार

धादिङमा क्रान्तिकारी– ६ मध्ये ५ क्याम्पसमा विजयी, ३ वटामा अखिल-नेविसंघ गठबन्धनलाई हरायो

धादिङमा क्रान्तिकारी– ६ मध्ये ५ क्याम्पसमा विजयी, ३ वटामा अखिल-नेविसंघ गठबन्धनलाई हरायो

धादिङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव सम्पन्न भएर नतिजा आएका ६ मध्ये ५ क्याम्पसमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी विजयी भएको छ ।

त्यसमध्ये ३ क्याम्पसमा त एमालेनिकट अनेरास्ववियु र कांग्रेसनिकट नेविसंघको गठबन्धनविरुद्ध एक्लै भिडेर जीत निकालेको छ ।

चन्द्रोदय बहुमुखी क्याम्पस बेनिघाट- ५ विशालटरमा अखिल क्रान्तिकारीका सञ्जित सुवेदीसहित उनको प्यानल नै विजयी भएको छ । उक्त क्याम्पसमा अनेरास्ववियु र नेविसंघले गठबन्धन गरेका थिए ।

यसैगरी जयबागेश्वरी बहुमुखी क्याम्पस बेनिघाट- ३ मलेखुमा अखिल क्रान्तिकारीका नमराज त्रिपाठी प्यानलसहित नै विजयी भए । सो क्याम्पसमा पनि अनेरास्ववियु र नेविसंघको गठबन्धन थियो ।

अनेरास्ववियु र नेविसंघले गठबन्धन गरेको आदर्श बहुमुखी क्याम्पस गजुरीमा पनि अखिल क्रान्तिकारीका गणेश पाण्डे सभापतिमा निर्वाचित भए । 

मछिन्द्र बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीकै अनिल उप्रेती सभापतिमा निर्वाचित हुँदा नमूना बागेश्वरी क्याम्पस बैरेनीमा भने अनेरास्ववियुका आमोश श्रेष्ठ सभापतिमा विजयी भए ।

नेत्रावती बहुमुखी क्याम्पसमा भने अखिल क्रान्तिकारीकी निशा तिमिल्सिना निर्विरोध निर्वाचित भइन् ।

धादिङको सबैभन्दा ठूलो नीलकण्ठ क्याम्पस धादिङबेसीमा भने बुधवार निर्वाचन भएको छ । नतिजा आइसकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्