१५ असार २०८३, सोमबार

त्रिविको परीक्षा केन्द्र टाढा नराख्न विद्यार्थी संगठनको माग

त्रिविको परीक्षा केन्द्र टाढा नराख्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी संगठनले माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूले बिहीवार विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त रूपमा र अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोक्न माग गरेका छन् ।

‘हालै सम्पन्न स्ववियुको निर्वाचनमा विद्यार्थी सहभागी भएका अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष माग गर्दछौं,’ ३ विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
 
यस्तै अनेरास्ववियुका अध्यक्ष बडालले पनि विद्यार्थीलाई दुःख दिने अभिप्रायले परीक्षा केन्द्र धेरै टाढा राखिएकाले नजिक पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्न माग गरेका छन् । परीक्षा नियन्त्रण कार्यालयले चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षाको परीक्षा केन्द्र एउटा जिल्लाको क्याम्पसको परीक्षा अर्को जिल्लामा राखेको छ ।

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सचिव सिद्धान्त भट्टले फरक जिल्लामा परीक्षा केन्द्र नराख्न र पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्ने विषयमा परीक्षा नियन्त्रकसँग अनुरोध गरिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्