२० असार २०८३, शनिबार

बलिउडको सदाबहार फिल्म थ्री इडियट्सको सिक्वल आउन लागेको हो ? (भिडियो)

चैत १०, २०७९
बलिउडको सदाबहार फिल्म थ्री इडियट्सको सिक्वल आउन लागेको हो ? (भिडियो)

थ्री इडियट्स बलिउडको सर्वाधिक लोकप्रिय फिल्ममध्ये एकमा पर्छ ।

राजकुमार हिरानीको निर्देशनमा बनेको यस फिल्मले बक्स अफिसमा अनेकौं कीर्तिमान कामय गर्नुका साथै दर्शकलार्य मनमुग्ध पनि बनाएको थियो । 

अब यस फिल्मको सिक्वल आउन लागेको खबरले दर्शकहरू उत्साहित छन् । 

केही दिनअघि अभिनेत्री करीना कपूरले एउटा भिडियो शेयर गर्दै थ्री इडियट्सका बारेमा कुरा गरेकी थिइन् । त्यसमा उनले आफूलाई थाहा नदिइकनै आमिर खान, शरमन जोशी र आर माधवनले फिल्मका विषयमा प्रेसवार्ता गरेको बताइन् । बोमन इरानीलाई फोन गरेर आफूले यसबारेमा सोधेको पनि उनको भनाइ छ । 

करीनाको यो भिडियो साँच्चै हो कि हँसीमजाक हो थाहा हुन सकेको छैन । तर यसले दर्शकहरूमा सिक्वलका विषयमा उत्साह जगाएको छ । 

केही दिनअघि राजकुमार हिरानीले सञ्चारमाध्यमसँग कुरा गर्दै थ्री इडियट्सको सिक्वल बनाउने बताएका थिए । अभिजात जोशीसँग मिलेर त्यसको पटकथा अहिले लेख्दै गरिएको उनको भनाइ छ ।

तर सिक्वलमा को कलाकार हुनेछ अनि कहिलेदेखि यसको शूटिङ थालिनेछ भनी उनले खुलाएनन् । 

सन् २००९ मा सार्वजनिक भएको थ्री इडियट्सले ४०० करोड भारुभन्दा बढी कमाएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्