
लोकप्रिय गायक हेमन्त शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । सुदूरपश्चिमको सुगन्ध मिसाएर उनले ‘मायाले नै हो रैछ’बोलको गीत सार्वजनिक गरेका हुन् ।
यो प्रेमगीतमा हेमन्त र ‘धोकेबाज’ फ्रेम्ड गायिका एलिना चौहानको युगल स्वर सुन्न सकिन्छ ।
उनीहरूले यसअघि पनि केही गीतमा सहकार्य गरिसकेका छन् ।
देउडा शैलीको ‘मायाले नै हो रैछ’ गीत हरि उप्रेतीले लेखेका हुन् ।
तृप्ती खड्का गुरुङको संगीत रहेको गीतमा हेमन्तकै हुकलाइन छ ।
यसको भिडियोमा विजय पुन र स्मारिका ढकालको अभिनय छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियोलाई रुपेश थापाले छायांकन, विकास धमलाले सम्पादन गरेका हुन् । बिहीवार सार्वजनिक यो फरक स्वादको गीत र भिडियोले युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।