१८ असार २०८३, बिहीबार

प्रदेश नामकरणको विरोधमा मारिएका लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ राहत

प्रदेश नामकरणको विरोधमा मारिएका लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ राहत

कोशी प्रदेश सरकारले पदमबहादुर लिम्बू (लाजेहाङ(को परिवारलाई  ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । नामकरणको विरोधमा भएको प्रदर्शनमा चैत्र ५ गते उनी घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो । लाजेहाङको गत १० गते मृत्यु भएको थियो । 

बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडी झापाको रिक्त रहेको निर्देशक पदमा प्रदेश सचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिएको छ । यस्तै पर्यटन, वन वातावरण मन्त्रालय द्वारा पेश गरिएको प्रदेश वातावरण संरक्षण ऐन २०७६, र प्रदेश वन ऐन २०७७ संसोधन विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपुरक अनुदान कार्यविधि संसोधन प्रस्ताव पारित गरेको छ भने प्रदेश नामाकरणमा भूमिका खेल्ने प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरुलगायतलाई धन्यवाद र बधाई ज्ञापन गरेको छ । फागुन १७ गते प्रदेशको नाम कोशी राखिएको थियो । त्यसको भोलीपल्ट प्रदेश सरकारले कोशी प्रदेशमा सार्वजनिक विदा दिएको थियो । आज बसेको मन्त्री परिषदको बैठकले पुन बधाई ज्ञापन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्