२१ असार २०८३, आइतबार

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाईसँग नयाँ वर्ष २०८० योजना'

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाईसँग नयाँ वर्ष २०८० योजना'

लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेताले नयाँ वर्षलाई मध्यनजर गर्दै 'हुन्डाईसँग नयाँ वर्ष २०८०' योजना ल्याएको छ। 

यो ग्राहकमुखी योजना आजदेखि शुरू भएको हो।  

यस योजना अन्तर्गत ग्राहकहरूले ५ लाख रुपैयाँसम्म नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँसम्म छुट, नयाँ वर्ष बोनस ८० हजारसम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्।

यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरून्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्।

सबै हुन्डाई गाडीहरू तीन वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुनेछन्। 

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १७ शोरूमहरू तथा १९ सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्