पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
चैत १४, २०७९
यसवर्षको विश्व स्वास्थ्य दिवस(वल्र्ड हेल्थ डे)को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ ।
आउँदो चैत २५ गते शनिवारको दिन पारेर नर्भिकले विशेष छुटसहितको वृहत निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए।
यो कार्यक्रममा सहभागी हुनेहरूलाई निःशुल्क यूरिन डिपस्टिक टेस्टको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ ।
साथै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत भारी छुटको स्किम समेत सार्वजनिक गरिएको छ ।
यसैगरी, सो कार्यक्रममा प्रोस्टेट स्पेशिफिक एन्टीजेन(पिएसए)को परीक्षण शुल्कमा समेत १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
शनिवार बिहान ८ बजेदेखि सो वृहत जनचेतनामूलक कार्यक्रम नर्भिकको नर्सिङ ट्रेनिङ हलमा आयोजना हुने बताइएको छ ।
कार्यक्रममा सहभागीले वरिष्ठ यूरोलोजीस्ट डा. सुनिल श्रेष्ठ र यूरोलोजिष्ट डा. सञ्जिवभक्त बिष्ट नेतृत्वको टिमबाट निःशुल्क परामर्श सेवा तथा जाँचको सुविधा पाउनेछन् ।
प्रोस्टेट ग्रन्थीका बिरामीले वल्र्ड हेल्थ डेको अवसर पारेर सार्वजनिक हेल्थ प्याकेज तथा जाँचमा छुटको सुविधा लिन तथा निःशुल्क जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनलाइनबाट नाम दर्ता गर्नुपर्नेछ ।
यो लिंकमा क्लिक गरी नाम दर्ता गराउन सकिनेछ वा ०१५९७००३२ मा समेत फोन गरी थप बुझ्न सकिने सेवा उपलब्ध गराइएको छ ।
नर्भिकले यसअघि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत सुगर रोगबाट पीडितका लागि निःशुल्क र बृहत् जनचेतनामूलक कार्यक्रम आयोजना गरिसकेको छ । यस्ता कार्यक्रममा परामर्श सेवा, विभिन्न खालका परीक्षणहरूमा भारी छुटको स्किम समेत ल्याइने गरिएको छ ।
नर्भिकले विगत केही महिनादेखि नै आफ्नो सीएसआरअन्तर्गत यूरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिवार यूरोलोजीको टिमबाट निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ । हस्पिटलले अन्य विशेषज्ञ डाक्टरहरूको समेत सहभागितामा निःशुल्क ओपीडी तथा परामर्श सेवा समेत सञ्चालन गर्दै आइरहेको छ ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् । अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...