२९ असार २०८३, सोमबार

मानिसको मासु खाइन्छ यहाँ, घटना थाहा पाउँदा प्रहरी नै आश्चर्यमा

कात्तिक २०, २०७४
मानिसको मासु खाइन्छ यहाँ, घटना थाहा पाउँदा प्रहरी नै आश्चर्यमा


दक्षिण अफ्रिकाको क्वाजुलु–नटाल प्रान्तमा शायामोया गाउँमा त्यतिबेला तहल्का मच्चिएको थियो, जब टाउको नभएको एक लास फेला परेको थियो । २५ वर्षकी जानेल लाशवेयो जुलाई महिनादेखि बेपत्ता भएकी थिइन् ।

उनको परिवारका सदस्य भन्छन् कि उनी नरभक्षण (मानिसको मासु खाने व्यक्ति)को सिकार भएकी हुन् । यस मामलमा प्रहरीले अहिलेसम्म पाँचजना व्यक्तिलाई गिरफ्तार गरिसकेको छ ।

यो मामला पूर्ण रुपमा तब बाहिर आयो जब आफूलाई पारम्परित चिकित्सक बताउने एक व्यक्ति प्रहरी चौकीमा पुगे । उनले प्रहरीलाई भने, ‘म मानिसको मासु खाँदा खाँदा थाकिसके ।’ तिनै व्यक्तिले भनेअनुसार जानेलको शव बरामद गरिएको थियो ।

पहिले त प्रहरीले उसमाथि विश्वास गरेको थिएन कि त्यो व्यक्तिले साँच्चिकै मानिसको मासु खाएको थियो भनेर । तब जब उनले आफूसँग भएका मानिसका हात र खुट्टा देखाए, जो रगतले लतपतिएका थिए । त्यसपछि प्रहरीले उनलाई गिरफ्तार गर्यो ।

त्यपछि त्यो व्यक्तिले प्रहरीलाई आफ्नो त्यो घरबारे बतायो जहाँ खाना पकाउने भाँडोमा मानिसका ८ वटा कान राखिएका थिए ।

उक्त व्यक्तिले ती कान आफ्ना ग्राहकलाई दिन ठिक्क पारेर राखेका थिए । ती कान खानाले उनलाई पैसा, शक्ति र सुरक्षा मिल्ने उसको विश्वास थियो ।

सोही घरमा राखिएको एक सूटकेसमा मानव शरीरका अन्य कैयौं अंग पनि मिले । सोही घरबाट प्रहरीले जानेल लाशवेयोका रगतले लतपतिएका फाटेका कपडा पनि बरामद गरेको छ ।

यद्यपि फेला परेको लास जानेलको हो कि हैन भनेर जान्न प्रहरीले डिएनए परीक्षण गर्ने जनाएको छ ।

मानिसको मासु खाएको भनेर गिरफ्तार गरिएका पाँच जनालाई प्रहरीले सोमवार अदालतमा पेश गरेको छ । उनीहरुविरुद्ध अदालतको बाहिर प्रदर्शन पनि भएको थियो ।

उनीहरुले जमानतमा रिहा हुन अदालतमा दिएको याचिका रद्द गरिएको छ । सेप्टेम्बरको अन्ततिर उनीहरुलाई फेरि अदालतमा पेश गरिने जनाइएको छ । यो मामलामा प्रहरीले अन्य व्यक्तिलाई गिरफ्तार गर्ने संभावना छ ।
बीबीसीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्