२९ असार २०८३, सोमबार

अष्ट्रेलिया पुगिन् ‘ऐना झ्यालको पुतली’की कञ्चन

अष्ट्रेलिया पुगिन् ‘ऐना झ्यालको पुतली’की कञ्चन

दर्शक र समीक्षकबाट निकै प्रसंसा कमाएको चलचित्र ‘ऐना झ्यालको पुतली’की कलाकार कञ्चन चिमरिया उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पुगेकी छन् ।

उनी गत साता मात्रै अष्ट्रेलिया पुगेकी हुन् । 

गत भदौमा प्रदर्शनमा आएको ‘ऐना झ्यालको पुतली’मा कञ्चन प्रमुख भूमिकामा छिन्, जुन अस्कर अवार्डमा नेपालबाट सिफारिस भएको फिल्म हो । 

विदेशका अन्य थुप्रै फेष्टिभलमा समेत छनोट हुनुका साथै थुप्रै प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल चलचित्रबाट अभिनयका कारण कञ्चनले पनि निकै प्रसंशा कमाएकी थिइन् ।

यो फिल्मलाई सुजित बिडारीले निर्देशन गरेका हुन् ।

केही साताअघि सम्पन्न ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा पनि चलचित्र ४ वटा विधामा पुरस्कृत भएको थियो ।

कमेन्ट गर्नुहोस्