१८ असार २०८३, बिहीबार

एक महिनापछि हलमा नयाँ नेपाली फिल्म

एक महिनापछि हलमा नयाँ नेपाली फिल्म

आज शुक्रवारबाट नयाँ नेपाली फिल्म ‘प्रेमा’ प्रदर्शनमा आएको छ ।

फागुनको १९ गते यता कुनै नेपाली फिल्म रिलिज भएका थिएनन् ।

‘छक्का पञ्जा ४’ र ‘छड्के २’ रिलिजको झण्डै १ महिनापछि हलमा नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको हो ।

गोविन्द सिंह भण्डारी निर्देशित ‘प्रेमा’ लभस्टोरी फिल्म हो । यो फिल्ममा ‘महापुरुष’ डेब्यू अभिनेता अरुण क्षेत्रीसँगै अभिनेत्रीद्धय शुभेच्छा खड्का र सृष्टि श्रेष्ठ प्रमुख भूमिकामा छन् ।

विवेक घिमिरे यस फिल्मका निर्माता हुन् ।

प्रदर्शनको दुई दिनअघि बुधवार फिल्मको प्रिमियर गरिएको थियो, जहाँ अधिकांशले फिल्म राम्रो लागेको बताएका थिए ।

अजय देवगन निर्देशित एवं अभिनीत ‘भोला’सँगै केही विदेशी फिल्म पनि प्रदर्शनमा आएका छन् । 

यस्तो छ ‘प्रेमा’को ट्रेलर :

salt training

कमेन्ट गर्नुहोस्