
सर्लाहीको हरिवनमा एक विद्यार्थीले प्रहरी हिरासतबाटै एसईई परीक्षामा सामेल भएका छन्।
केही दिनअघि भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दामा उनलाई हिरासतमा राखिएको थियो। उनी उक्त ट्याक्टरका चालक हुन्।
प्रहरी हिरासतबाटै उनले एसईई परीक्षा दिने भएका हुन्। उनी १८ वर्ष समेत नपुगेकाले उनको नाम भने प्रहरीले गोप्य राखेको छ।
देशभर आजदेखि एसईई परीक्षा शुरू भएको छ। आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ।