×

NMB BANK
NIC ASIA

आम नेपाली फिल्मभन्दा ‘बहाव’ फरक बनेको दीपाश्रीको विश्वास

चैत १९, २०७९

NTC
Premier Steels

आउँदो शुक्रवार अर्थात् चैत २४ गते रिलिज हुने फिल्म ‘बहाव’को युनिट फिल्म प्रचारका लागि टेलिभिजन कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’मा पुगेका छन् । फिल्मबाट निर्देशक प्रमोद कँडेल, निर्माता श्रीधर पौडेल र कलाकारद्वय सुरक्षा पन्त तथा कमलमणि नेपाल शोमा पुगेका हुन् । 

Muktinath Bank

शो छायांकनपश्चात​ सञ्चारकर्मी तथा पत्रकारसँग कुरा गर्दै शोका होस्ट तथा निर्देशक विशाल भण्डारी र कलाकार दीपाश्री निरौलाले फिल्म ‘बहाव’ हेरिदिन आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवैले फिल्मको ट्रेलरमा देखिएको सुरक्षाको विद्रोही स्वभावको खुलेर प्रशंसा गरे । 


Advertisment
Nabil box
Kumari

‘ट्रेलरमा सुरक्षालाई एउटा विद्रोही केटीको भूमिकामा देखाइएको छ । उसले प्रत्येक फिल्ममा आफूलाई परिवर्तन ल्याइरहेको छ । यो उसका लागि प्लस प्वाइन्ट हो’, दीपाश्रीले भनिन्, ‘किनभने सुरक्षा जे हो, त्यो भन्दा फिल्ममा फरक देखिनु पनि आफैंमा सकारात्मक कुरा हो ।’ 

Vianet communication

उनले आम नेपाली फिल्मभन्दा ‘बहाव’ फरक रहेको अपेक्षा गरिन् । ‘निर्माता श्रीधरजी नेपाली फिल्ममा फरक कथा दिन चाहनुहुन्छ । योभन्दा अघिका उहाँका फिल्मले पनि त्यो प्रमाणित गरिसकेको छ’, दीपाश्रीले भनिन्,‘मलाई लाग्छ बहाव पनि नेपाली फिल्ममा केही परिवर्तन ल्याउनकै लागि बनाइएको हो ।’ उनले फिल्मको ट्रेलरसँगै सुरक्षाको कामले पनि मोहित बनाएको बताइन् । 

शोका निर्देशक तथा होस्ट भण्डारीले निर्माता श्रीधरले पहिलेदेखि नै फरक कथामा फिल्म बनाउने प्रयास गरिरहँदा ‘गोपी’ पछि ‘बहाव’ अर्को प्रयास भएको बताए । ‘कति प्रयास सफल त कति असफल हुन्छन् । सबैभन्दा ठूलो कुरा यात्राको निरन्तरता हो । बहावदेखि श्रीधरले सफलताको खुड्किलो टेकोस् भन्ने शुभकामना दिन चाहन्छु’, विशालले भने, ‘ट्रेलर शक्तिशाली छ । प्रस्तुतिका हिसाबले पनि एकदमै राम्रो देखिएको छ ।’

उनले नेपालमा महिलालाई विद्रोही पात्रको रुपमा प्रस्तुत गरिएका फिल्महरू बिक्ने गरेको उदाहरण दिँदै यो क्रम वर्तमानदेखि भविष्यसम्म जारी रहने बताए । ‘फिल्ममा प्रस्तुतीकरण महत्वपूर्ण कुरा हो । यो फिल्ममा सुरक्षाले नै अभिनय गरिसकेपछि उनको अभिनयबारे धेरै बोलिरहन आवश्यक ठान्दिन । किनकी उसले हरेक फिल्ममा आफूलाई फरक सुरक्षाका रुपमा प्रस्तुत गरिरहेको छ’, उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x