
चलचित्र पत्रकार संघ नेपालले १२ बुँदे घोषणापत्र जारी गरेको छ ।
संघको केन्द्रीय समिति, शाखा अध्यक्षहरू र विभिन्न विभागका संयोजक तथा सदस्यहरूको उपस्थितिमा काभ्रेको धुलिखेलमा भएको चौथो पूर्ण वैठक एवं नीति तथा परामर्श भेलापश्चात १२ बुँदे ‘धुलिखेल घोषणापत्र’ जारी गरिएको हो ।
शनिवार बैठक तथा आइतवार नीति तथा परामर्श भेलापश्चात घोषणापत्र जारी गर्दै विभिन्न माग गरिएको छ ।
चलचित्र विकास बोर्डले तयार गरेको चलचित्र नीति तथा कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्न संघले घोषणापत्रमार्फत माग गरेको छ ।
नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धि र बजार व्यवस्थापनका लागि तयार उक्त नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालय तथा संघीय सरकारसँग माग गरिएको हो ।
त्यस्तै, संघले चलचित्र पत्रकारको स्वास्थ्य र दुर्घटना वीमाको व्यवस्थाका लागि संघीय सरकार र प्रदेश सरकारसँग माग गरेको छ । चलचित्र पत्रकारको क्षमता अभिवृद्धिका लागि सरकारी निकायबाट कार्यक्रम आयोजना, पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन लगायतका माग उक्त घोषणापत्रमा उल्लेख छ ।

वार्षिक कार्य योजनाको लागी नीति तथा परामर्श भेलामा विभिन्न सुझाव संकलन समेत गरिएको संघका महासचिव रघुनाथ सापकोटाले जानकारी दिए ।
संघका पूर्व अध्यक्षद्वय विदुर गिरी र शान्तीप्रिय, सल्लाहकार डब्बु क्षेत्री, निवर्तमान अध्यक्ष दिनेश सिटौला, वर्तमान अध्यक्ष समीर बलामीसहित केन्द्रीय समिति, शाखा अध्यक्षहरू र विभिन्न विभागका संयोजक तथा सदस्यहरूको सहभागिता उक्त बैठक एवं भेलामा थियो ।
यस्तो छ १२ बुँदे धुलिखेल घोषणापत्र
