२३ असार २०८३, मंगलबार

सलमान र शाहरूलाई लिएर सिद्धार्थ आनन्दले बनाउने भए 'पठान भर्सेस टाइगर'

सलमान र शाहरूलाई लिएर सिद्धार्थ आनन्दले बनाउने भए 'पठान भर्सेस टाइगर'

'पठान' हिट भएपछि यशराज फिल्म्सले सलमान खान र शाहरुख खानलाई एकसाथ लिएर फिल्म बनाउने भएको छ। 

फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्ने भएका छन्। यशराज फिल्म्सले यसको पुष्टि गरेको छ ।

यो भारतीय इतिहासमा सबैभन्दा ठूलो फिल्म हुने बताइएको छ। फिल्म यशराज स्पाई युनिभर्सको पनि हिस्सा हुने पनि जनाइएको छ। यशराज फिल्म्सका मालिक आदित्य चोपडाले सिद्धार्थलाई रोजेका हुन्। 

ट्रेड एनालिस्ट तरण आदर्शले हालै यशराज स्पाई युनिभर्सका केही आगामी फिल्महरू उल्लेख गरेका थिए। जसमा 'वार २', 'टाइगर ३' र 'पठान भर्सेस टाइगर' जस्ता प्रोजेक्ट थिए । यसमा 'पठान' र 'टाइगर'को सबैभन्दा बढी चर्चा भइरहेको छ । 

यी दुवै लामो समयपछि पूर्ण फिल्ममा काम गर्न लागेका हुन् ।

डेडलाइन रिपोर्टका अनुसार आदित्य चोपडाले सबैभन्दा ठूलो फिल्म बनाउन जति सहयोग गरे त्यो निर्माण टोलीले दिने छ।

फिल्मको छायांकन जनवरी २०२४ बाट शुरू हुने बताइएको छ। 'वार २' फिल्मको निर्देशनबाट सिद्धार्थ चर्चित भएका थिए। 
 

salt training

कमेन्ट गर्नुहोस्