०२ साउन २०८३, शनिबार

मङ्गोलियन हार्टले सांगीतिक यात्रा प्रारम्भ गर्दै

मङ्गोलियन हार्टले सांगीतिक यात्रा प्रारम्भ गर्दै

समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले सांगीतिक यात्रा प्रारम्भ गर्ने भएको छ ।

सन् १९९२ मा स्थापना भएको समूहको गायनमा राजु लामा चर्चित छन् । विशेष गरेर ‘पप’ विधाको गीतसंगीतको मधुर ध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् ।

गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको संगीत बजारको उतारचढावले पारेको प्रभावमा अपवाद रहेन । ‘क्यासेट’ युगको पटाक्षेपसँगै लाखापाखा लागेको मङ्गोलियन हार्ट ५ वर्ष अगाडिदेखि पुनः सक्रिय छ ।

उही र उस्तै शैलीमा समूहसँगै गायक लामा समेत ‘स्पटलाइट’मा चम्किएका छन् ।

सांगीतिक भाषामा ‘ब्याण्ड’ भनिने मङ्गोलियन हार्टले स्वदेशसँगै विदेशमा समेत कार्यक्रमलाई तीव्रता दिएको छ । स्थापना भएको ३० वर्ष पुगेको उपलक्ष्यमा अस्ट्रेलियामा यात्राको आयोजना गरिएकोे गायक लामाले जानकारी दिए ।

‘हामी पुराना सम्बन्ध नवीकरण गरिरहेका छौं र उत्साहित पनि छौं । केही समय अलमल भए पनि हामी लयमा फर्किएका छौं,’ उनले भने । लोक, स्लोरक, पप मेलोडी संगीतका लागि प्रिय मानिने समूहमा रिदम गितारमा बबि लामा, ड्रममा सन्तोष थापामगर, लिडगितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

चैत २७ गते अस्ट्रेलियाको मेलवर्नबाट शुरू हुने समूहका व्यवस्थापक बबि लामाले जानकारी दिए । समूहको ‘बाँदलपारिको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ गीत लोकप्रिय छ ।

salt training

कमेन्ट गर्नुहोस्