०९ साउन २०८३, शनिबार

पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो

पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो
प्रतिकात्मक तस्वीर

पछिल्लो १ हप्तायता पर्वत अस्पतालमा बिरामीको चाप  बढेको छ ।

अस्पतालमा दैनिक ज्वरोका मात्र २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । 

ज्वरो, रुघाखोकी लगायत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुक्मिना अधिकारीले जानकारी दिइन् । ‘पहिलाभन्दा दोब्बरले बिरामीको संख्या बढिरहेको छ,’ उनले भने ।

दूषित पानीको प्रयोगका कारण बिरामीको संख्या बढेको हुनसक्ने डा. अधिकारीले बताए । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भए पनि अस्पतालले परीक्षण भने गरेको छैन ।

अस्पतालका ५६ शय्यामा बिरामीले भरिभराउ छन् । ज्वरो, रुघाखोकी, टाउको दुख्ने, वान्ता आउनेलगायत बिरामीका लक्षण देखिने गरेको छ । मौसम परिवर्तनका समयमा यस्ता बिरामी बढ्ने डा. अधिकारी बताउँछन् ।

जिल्लामा स्वास्थ्य बिमा गराउनेको संख्या पनि बढ्दै गएको छ । १५ शय्याको अस्पताललाई स्तरवृद्धि गरी ५० शय्याको बनाइएको हो । जनशक्ति अभावको समस्या रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको भनाइ छ ।

पर्वत अस्पताल मात्र होइन यहाँका निजी अस्पताल, क्लिनिक र ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा समेत बिरामीको संख्या बढेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्