×

NMB BANK
NIC ASIA

प्रकाश सपूतले सार्वजनिक गरे ‘सकम्बरी’ [भिडियो]

राम्रो कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवतीको कथा

चैत ३०, २०७९

NTC
Premier Steels

गायक प्रकाश सपूतले ‘सकम्बरी’ (फूलमाया) शीर्षकको गीत भिडियोसहित युट्युबमा सार्वजनिक गरेका छन् । 

Muktinath Bank

बिहीवार दिउँसो सार्वजनिक यो उनको चार महिनापछिको अफिसियल गीत हो । ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युट्युबमा सार्वजनिक गर्नुअघि उनले यो गीत गत मंगलवार डिस होमको एपमा सार्वजनिक गरेका थिए । गीतलाई लिएर मंगलवारबाटै सांगीतिक वृत्तमा एक खालको चर्चा सुरु भएको थियो । 


Advertisment
Nabil box
Kumari

यो गीतमा प्रकाशकै शब्द, लय र स्वर छ । सुदिप सागरको संगीत संयोजन रहेको गीतमा बर्ता गन्धर्वको समेत स्वर छ ।  

Vianet communication

प्रकाशले आफ्नै कथा एवं निर्देशनमा तयार पारेको यसको भिडियोमा पनि उनी प्रस्तुत छन् । साथमा कुसुम शर्मा, सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, संजोग रसाईली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतलाई भिडियोमा हेर्न सकिन्छ ।

प्रकाशले चलन चल्तीका गीतभन्दा बाहिर रहेर अलग–अलग मुद्धालाई आफ्नो साङ्गीतिक खुराक बनाएर पेस गर्दै आइरहेका छन् । ‘सकम्बरी’मा पनि उनले नयाँ विषयवस्तु समेटेका हुन् ।

यसपटक उनले राम्रो कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवतीको कथा भिडियोमा पेस गरेका छन् । अभावले मानिसलाई के–के गर्न समेत बाध्य बनाउँछ र अर्काको अभावमा अवसरवादीहरु कसरी खेल्छन् भन्ने सन्देश गीतमा छ । 

भिडियो युट्युबमा सार्वजनिक गर्दै प्रकाशले समीक्षा गर्ने जिम्मा स्रोता दर्शकमा सुम्पिएका छन् । ‘फूलमायादेखि सकम्बरीसम्मको यात्राको समीक्षा गर्ने जिम्मा तपाईँको । उनि कति सही र कति गलत छिन् ? तपाई हाम्रो दृष्टिकोण कति सही छ र कति गलत छ ? त्यो विश्लेषण गर्ने जिम्मा पनि तपाईँको’ प्रकाश लेख्छन् – ‘हाम्रो सिर्जनात्मक प्रयासलाई सुझाव दिने, माया र हौसला दिने जिम्मा पनि तपाईँको । अब हाम्रो काम सकियो, सबै तपाईँको ।’

नवराज उप्रेतीको छायाँकन रहेको यसको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । 

भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x