२६ असार २०८३, शुक्रबार

आयरल्यान्ड भ्रमणमा बाइडनले गरे ऋषि सुनकलाई बेवास्ता (भिडियो)

चैत ३०, २०७९
आयरल्यान्ड भ्रमणमा बाइडनले गरे ऋषि सुनकलाई बेवास्ता (भिडियो)

आयरल्यान्ड भ्रमणमा रहेका अमेरिकाका राष्ट्रपति जो बाइडनले बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई असम्मान गरेका छन् ।

बेल्फास्टमा बुधवार राति एयरफोर्स वान विमानबाट ओर्लेपछि बाइडनले सुनकसँग हात मिलाएर अनि हलुका धक्का दिएर अघि बढे । 

उनले बेलायतका लागि अमेरिकी राजदूत जेन हार्टलीलाई लामो समयसम्म अँगालो मारेर आत्मीयता देखाए । 

त्यसपछि स्वागत समारोहमा बाइडनले सुनकलाई खासै वास्ता गरेनन् । सुनक चाहिँ केही नभए जस्तो गरी दाँत देखाउँदै हाँसिरहे । 

यसअघि बाइडनले आफ्ना पुर्खाहरू आइरिश भएको भन्दै व्यापक चर्चा गरेपछि उनलाई बेलायतविरोधी भनी आलोचना गरिएको थियो । त्यसपछि बाइडनको टोलीले उनी बेलायतविरोधी नभएको भनी प्रतिरक्षा गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्