
राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’को नयाँ वर्षको अवसर पारेर शुक्रबार फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
फिल्मका दुई मुख्य पात्र गौरव पहारी र नम्रता सापकोटा पोष्टरमा फिचर्ड छन् ।
पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत तय गरिएको छ । यो फिल्म आगामी भदौको १ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
नारायण खातीको प्रस्तुति रहेको फिल्ममा गौरव र नम्रतासँगै सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायतको अभिनय रहेको छ ।
शिवम अधिकारीको कथा एवं पटकथा लेखन रहेको फिल्म सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन् ।
