
नेपाली कांग्रेस निकटको नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी विजयी भएका छन् ।
संस्थापनइतरका डा. शेखर कोइराला समूहका गिरीले संस्थापन शेरबहादुर देउवा निकटका गोकर्णबहादुर बानियाँलाई पराजित गरेका हुन् ।
६०७ मत खस्दा निर्वाचित गिरीले ३०५ र पराजित बानियाँले २९८ मत ल्याएका हुन् ।
कुन पदमा को विजयी भए ?
वरिष्ठ उपाध्यक्ष इलमबहादुर शाही
उपाध्यक्ष महिला धनकला भण्डारी
प्रदेश उपाध्यक्षमा को विजयी भए ?
कोशी - वीरेन्द्रकुमार खड्का
मधेश - छोटेलालप्रसाद तेली शाह
बागमती - सुन्दर पन्त
गण्डकी - लक्ष्मीप्रसाद रेग्मी
लुम्बिनी - प्रेमनारायण भण्डारी
कर्णाली - भगवती श्रेष्ठ
सुदूरपश्चिम - खड्कबहादुर खड्का
महासचिव - ज्ञानेन्द्रबहादुर रावल
महासचिव अर्थ - निर्मला कोइराला
उपमहासचिव - नारायणप्रसाद तिमिल्सिना
उपमहासचिव महिला - गीता शिवाकोटी
उपमहासचिव अर्थ - प्रेमप्रसाद पौडेल
