०९ साउन २०८३, शनिबार

नयाँ वर्षमा रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकको ओइरो

नयाँ वर्षमा रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकको ओइरो

नयाँ वर्ष २०८० को आगमनसँगै खुशी मनाउन र सूर्योदय हेर्न विगत ३ दिनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् ।

कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा विदेशीभन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीयस्थल खचाखच भएपछि व्यवसायी उत्साहित छन् ।

नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेंले बताए ।
    
चैत मसान्तदेखि वैशाख ३ गतेसम्म होटल बुकिङ भइसकेको र सबै होटल आन्तरिक पर्यटकले भरिएका उनले बताए । नयाँ वर्षका लागि २ हप्ता अगाडिदेखि नै होटल बुक भएका थिए । 

समुद्री सतहबाट २ हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृंखला अवलोकन गर्न सकिन्छ । होटल व्यवसायी बकें भन्छन्, ‘नयाँ वर्षमा आन्तरिक पर्यटक खचाखच भएका छन् । अब भने पर्यटन व्यवसाय पुनः चलायमान हुने आशा पलाएको छ ।’
    
होटल व्यवसायी तथा घ्याम्पेडाँडा रिसोर्टका सञ्चालक राजेन्द्र प्याथले घ्याम्पेडाँडा–रानीकोट पक्की सडक नर्माण भएसँगै पर्यटकको आगमन ह्वात्तै बढेको बताए । उनले सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्रा मार्ग र रानीकोट, आशापुरी, बोकाचो गढी पर्यटकको रोजाइमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्