१५ असार २०८३, सोमबार

दूधको पैसा नदिने व्यवसायीको उद्योगमा किसानको धर्ना

दूधको पैसा नदिने व्यवसायीको उद्योगमा किसानको धर्ना

किसानका उत्पादन खरिद गरेको रकम भुक्तानी नगर्ने व्यवसायीको उद्योगमा किसानले धर्ना दिएका छन् । बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक डेरी एण्ड बेकरिज उद्योगले पशुपालक किसानले विक्री गरेको दूधको रकम नदिएपछि उद्योगीको प्रतिष्ठानमै पुगेर सोमबार धर्ना दिएका हुन् ।  

सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड सैनामैना–१० वरपरका २०० किसानको दुई वटा उद्योगले २५ लाख ३१ हजार १९० रूपैयाँ भुक्तानी गर्न बाँकी छ । 

सहकारीका अध्यक्ष तिलकराम घिमिरेका अनुसार कस्तुरीले १३ लाख ७० हजार ४९८ र पाठक डेरीले ११ लाख ६० हजार ६९२ रूपैया तिर्न बाँकी छ । पटक–पटक किसानलाई उद्योगले झुक्काएपछि बाध्य भएर उद्योगमै आएर धर्ना दिएको अध्यक्ष घिमिरेले बताए । 

पटक–पटक पैसा नभएको चेक दिएर किसानलाई झुक्काउँदै आएकाले अनिश्चितकालीन धर्नामा उत्रिनुरेको किसानहरूको भनाइ छ । 

‘आफूले गरेको उत्पादन विक्री गरेर मूल्य नपाउने समस्या हल भए पुग्छ, अरू केही चाहिँदैन’ घिमिरे भन्छन, ‘उत्पादन विक्री गरेको पैसा नपाएपछि किसानका समस्या सुल्झाउन सबैका साथ चाहिएको छ ।’ झण्डै एक वर्षदेखि दुध विक्री गर्दै आएका खेममणि शर्माले आफ्नो पसिनाको मूल्य पाउँभन्दा मगन्ते जस्तै हुनुपरेको बताए । 

‘सहकारीमार्फत् दूध विक्री गरेपछि कसैले ठग्दैन भनेर दिइयो’ उनी भन्छन, ‘अहिले आएर आफ्नै पैसा पाउन भिकारीले जस्तो पसल–पसल पुगेर हात थाप्नु परेको छ ।’ 

पाठक डेरीका सञ्चालक नेत्र पाठकले किसानहरूले आफूसँग गरेको सम्झौता उल्लंघन गरेपछि रकम भुक्तानी रोकेको बताउँछन । 

‘हामीले किसानको पैसा नर्तिने भनेको होइन’ पाठकले भने, ‘किसानले दूध पसलसम्म ल्याउने हामीबीच सहमति भएको थियो । सहकारीले बीच बाटोमै दुध छाडेर जान थालेपछि रोकेको हो । अब पैसा मैले तिरिदिए  किसानको दुध खरिद गरिँदैन ।’ 

किसानको उत्पादनले बजार नपाउने र बजार पाए पनि रकम नपाउने समस्या बढदै गएको छ । आर्थिक मन्दीको बहाना बनाएर उद्योगीले किसानको पैसा दिन आनाकानी गरेका हुन् । 
  
 

salt training

कमेन्ट गर्नुहोस्