×

NMB BANK
NIC ASIA

जुम्लामा मार्सीधानको खेती घट्दै, यार्सामा आकर्षण

बैशाख ४, २०८०

NTC
Premier Steels

जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । कालीमार्सीधान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न थालेपछि मार्सीधानको खेती घट्दै गएको हो ।

Muktinath Bank

कालीमार्सी धान फल्ने  विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै, आलु रोपेका छन् भने कतिपयले खेत बाँझै राखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मार्सीधानको खेती गर्दा रोग किरा लाग्ने, पानी प्रशस्त चाहिने र मेहनत बढी लाग्ने तर उत्पादन कम हुने भएकाले किसानले विकल्प खोज्न थालेका पातारासी गाउँपालिका–३ का मुनबहादुर एडीले बताए । 


Advertisment
Nabil box
Kumari

‘धान खेतीका लागि प्रशस्त पानी तथा सिँचाइ सुविधा खेतमै पुगेको छ । महिनौँदेखि मिहेनत गरेर रोपिएको धान घर भित्र्याउने समयमा रोगकिराको सङ्क्रमण हुने र असिनापानीले झारिदिनाले यहाँका किसान कालीमार्सीधान रोप्न चासो गर्दैनन्’ उनले भने । कालीमार्सीधानको आफ्नै पहिचान भए पनि पहिचानले मात्र खानलाउन नपुग्ने भन्दै खेती गर्न छोडिएको पातारासी–२ का ६२ वर्षीय गोर्खे बुढाको भनाइ थियो । धान लगाउन गर्ने मेहनत अन्य अन्नबाली लगाउन गरे उत्पादन बढी हुने उलने बताए । 

Vianet communication

समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा मार्सीधान खेती हुने पातारासी गाउँपालिकाका कृषि शाखा प्रमुख रुपक बुढाले जानकारी दिए । उनका अनुसार कालीमार्सीधान खेती संरक्षण गर्नका लागि किसानलाई उत्पादनमूलक क्षमता अभिवृद्धि गर्दै विभिन्न तालिम उपलब्ध गराइएको छ । 

‘किसानले उत्पादन गरेको धान बजारीकरण हुन सकेको छैन । केही किसानले खेतमा धानको सट्टा अर्को बाली लगाउँदै आएका छन्’ प्रमुख बुढाले भने । यस वर्षबाट पूरै छुमचौर जिउलोमा धानखेती गर्न कृषकलाई तालिम तथा अन्य आवश्यक सहयोग गरेर प्रोत्साहन गर्ने तयारी गरिएको उनको भनाइ थियो । 

यहाँ धानको उत्पादन कम हुन थालेपछि धानको याममा अधिकांश बालबालिका र युवायुवती यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन् । जिउलोमा धान पाक्न आठ महिना लाग्दछ । एक महिना यार्सा सङ्कलन गर्दा तीन गुणा बढी आम्दानी हुने भएपछि उनीहरु पाटन जाने गरेका स्थाीयको भनाइ छ । यार्साबापत एक परिवारले एक महिनामा न्यूनतम रू ५० हजारदेखि एक लाखसम्म कमाउँछन् ।

एक महिनाको कमाईले वर्षदिनको रोजीरोटी सहजै व्यवस्था हुने भएपछि धान खेती गर्नुभन्दा यार्सा टिप्नु सहज हुने यहाँका किसान बताउँछन् ।

कृषि अनुसन्धान केन्द्र जुम्लाले कालीमार्सीधान निकै पुरानो भएकाले रोग प्रतिरोधी मार्सीधानको अनुसन्धान भइरहेको जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा यही जेठको पहिलो सातादेखि खेतमा मार्सीधानको रोपाइँ हुने भए पनि यो याममा जौँ खेती गर्ने किसानले बताएका छन्  ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x