
काठमाडौंको रत्नपार्कमा विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितमाथि प्रहरीले दमन गरेको छ ।
सोमवार रत्नपार्ककमा भेला भएर सिंहदरवारतर्फ जान लागेका मिटरब्याज पीडितलाई प्रहरीले लाठिचार्ज गरेको हो । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदूर संघर्ष समितिको आह्वानमा भएको प्रदर्शनमा प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो ।

प्रदर्शनकारीलाई प्रहरीले महेन्द्र पुलिस क्लबमा लगेको छ । सरकारले केही दिनअघि मिटरव्याज पीडित अर्को समूहसँग दोषीलाई कानून बनाएर कार्वाह ीगर्नेगरी लिखित सहमति गरेको थियो ।
मिटरब्याज पीडितको उजुरी लिनको लागि सरकारले समितिसमेत गठन गर्ने निर्णय गरेको थियो ।