×

NMB BANK
NIC ASIA

अवसरवादीबाट सचेत रहनुपर्छ : नेता कोइराला

बैशाख ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अवसरवादी चरित्रका कारण पार्टी कमजोर हुने भएकाले सचेत रहनुपर्ने बताएका छन् ।

Muktinath Bank

तनहुँको भानु नगरपािलका–२ नारेश्वरटारमा आज आयोजित तरुण युवाको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुने उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पार्टीमा व्यक्तिवादी चरित्र हावी हुँदा अवसरवादीले मौका पाइरहेका हुन्छन्, अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुन्छ, म त त्यस्ता व्यक्तिबाट सावधान भइसके’  नेता कोइरालाले भने, ‘तनहुँ क्षेत्र नम्बर १ का आम नागरिकलाई पनि अवसरवादीबाट सचेत रहन आग्रह गर्दछु ।’ 


Advertisment
Nabil box
Kumari

तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले पदमा नहुँदा विकासमा उल्लेख्य काम गरेको नेता कोइरालाले जिकिर गरे । उनले कांग्रेसको नेतृत्वमा यो क्षेत्रको विकास हुने भएकाले ढुक्क हुन आम मतदातासँग आग्रह गरे । नेपाली कांग्रेस एकठाउँमा उभिनुपर्ने अवस्था आएको भन्दै नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसभित्र मन दुःखेका साथीलाई भन्न चाहन्छु, कांग्रेसको नेतृत्व अब हामीको बीचमा आउँदैछ । अब कुनै किसिमको द्विविधा नराख्नुहोस्, केही कमजोरी भएका छन्, ती कमजोरीलाई थाँती राख्दै निर्वाचन पश्चात् सुल्झाउने प्रयास हुन्छ ।’

Vianet communication
Laxmi Bank

नेता कोइरालाले वर्तमान सरकार पाँच वर्ष चल्ने बताउँदै अहिलेकै सरकारले मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने बताए । भ्रष्टाचारमुक्त समाज, पारदर्शीता, जवाफदेहीता, जनताप्रति उत्तरदायित्व र सुशासनका लागि आफूहरू प्रतिबद्ध रहेको नेता कोइरालाले बताए ।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसभित्र त्रुटी कमजोरी भए पनि कांग्रेस सुधार्न सङ्कल्प बोकेर आफूहरू लागि परेको बताए । कांग्रेसबाट अवसर लिएका भागेकाले देश बनाउन नसक्ने पौडेलको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले उपनिर्वाचनका सन्दर्भमा तनहुँका जनतालाई भ्रममा पार्न खोजिएको भन्दै भ्रममा नपर्न आग्रह गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x