चैत ९, २०७९
२८ पुस २०७९ मा ५८ सांसदको समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्, नेकपा एमालेका लिला गिरी । तीन महिना सरकारको नेतृत्व गर्न नपाउँदै लुम्बिनीमा सत्ता परिवर्तनको खेल शुरू भएको छ । केन्द्रमा ब...
बैशाख ४, २०८०
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अहिले बारा-२ मा पाँचदलीय सत्ता गठबन्धनको साझा उम्मेदवार छन् ।
सप्तरी- २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएपछि उनी बारा- २ मा उम्मेदवार बनेका हुन् ।
यस क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपचुनाव गरिएको हो ।
कतिपयले यसलाई उपेन्द्रका लागि भनेर गर्न लागिएको उपचुनावका रूपमा पनि व्याख्या गरेको सुनिन्छ ।
उपेन्द्र दिनरात नभनी चुनावी अभियानमा खटेका छन् ।
सोमवार बाराको बउआइन गाउँमा घरदैलोका क्रममा भेटिएका उपेन्द्रसँग लोकान्तरकर्मी अजय अनुरागीले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:
चुनावी प्रचारप्रसारका क्रममा अहिले घरदैलोमा हुनुहुन्छ । कस्तो माहोल पाउनुभएको छ ?
जनतामा अत्यन्त उत्साह, अत्यन्त उमंग छ । उहाँहरूले महान् चाडपर्व आएजसरी लिएको पाएको छु । जनताको अपार श्रद्धा, सहानुभूति र माया पाएको छु ।
अहिले चुनावमा के एजेन्डा लिएर जानुभएको छ?
मैले मेरो आफ्नो एजेन्डाभन्दा पनि जनताकै एजेन्डा लिएर गइरहेको छु । विद्यालयमा पढाइ होस्, अस्पतालमा उपचार होस्, खेतमा सिञ्चाइ होस् । बेरोजगारी समस्या समाधान होस् । अर्थात् विकासको कुरालाई मैले एजेन्डा बनाएको छु ।
त्यसबाहेक समावेशिताको एजेन्डा अहिले पूरा भएको देखिँदैन । त्यसकारण यी नै मूलभूत सबाल लिएर चुनावमा गएको छु । जनताका मुद्दा जनताबाटै लिएर जनतासमक्ष जाने काम गरिरहेको छु ।
चुनावमा कोसँग कस्तो प्रतिस्पर्धा हुने देखिरहनुभएको छ?
खोई, प्रतिस्पर्धीहरू खोज्दा पनि कहीँ कतै भेटिएको छैन । तपाईंहरूले भेट्नुहोला, तर मैले त भेट्न सकेको छैन । जनताको अपार समर्थनका अगाडि कसले प्रतिस्पर्धा गर्न सक्छ र ?
तपाईं बाहिरको उम्मेदवार भएकाले स्थानीय उम्मेदवारलाई नै सहज हुने हो कि भन्ने आकलन गरिएको छ । तपाईंलाई बाहिरिया भनिरहेका छन् नि?
अब बाहिरिया भनेपछि कहाँको ? युरोप, अस्ट्रेलिया, अमेरिका वा कहाँको ? एउटै देशको नागरिक बाहिरको र भित्रको हुन्छ ? त्यो भन्नु नै गलत हो । सैद्धान्तिक, वैचारिक, राष्ट्रिय मुद्दाका आधारमा अगाडि नआएर, भित्रको, बाहिरको, यो जिल्लाको, त्यो जिल्लाको, यो जातको, त्यो जातको, यो टोलको, त्यो टोलको भन्नु सिद्धान्तविहीन राजनीति हो । विचारविहीन, नैतिकताविहीन राजनीतिज्ञले मात्र त्यस्ता कुरा गर्छन् ।
विगतमा गठबन्धन हुँदा मत ट्रान्सफर नभएको,अन्तरघात भएको कुराहरू आएका थिए । यसपटक कांग्रेससहित गठबन्धन सहयात्रीहरूको मत कत्तिको पाउँछु भन्ने विश्वास छ ?
होइन, त्यस्तो कुनै आशंका नगरे पनि हुन्छ । कांग्रेससहित पाँचदलीय गठबन्धनका साथीहरू एकसाथ छौं । एकसाथ हिँडिरहेका छौं । अन्तरघात कसका लागि गर्ने ? कुनै सम्भावना पनि छैन । त्यसको कुनै आवश्यकता नै छैन ।
तपाईंजस्तो हेभीवेट नेतालाई पनि पाँचदलीय गठबन्धनको बैसाखी आवश्यक किन पर्यो ?
अब देश नै विनागठबन्धन चल्दैन । कुनै एउटै पार्टीले यत्रो जटिल समस्यालाई हल गर्न सक्दैन । मिलेर नै सम्भव छ । एक्लै हिँड्नुभन्दा मिलेर नै हिँड्नु राम्रो नि, होइन र ? एक्लाएक्लै हिँडेर त देश बन्दैन ।
गत चुनावमा तपाईंले नेकपा एमालेसँग गठबन्धन गर्नुभएको थियो । अहिले फेरि उपचुनावमा सत्ता गठबन्धनमा आउनुभएको छ । यति छिटो किन गठबन्धन परिवर्तन गर्नुपर्यो ?
एमालेसँग गठबन्धन थिएन, सीटको तालमेल मात्रै थियो, त्यो पनि केही सीटमा । अहिलेको गठबन्धन त हामीले नै बनाएको हो नि । शुरूदेखि नै बनाएर ल्याएको हो । बीचमा मात्र एकाध सीटमा तालमेल गरेको हो ।
सप्तरीमा पराजित भएपछि तपाईंले नै लोकान्तरसँगको अन्तर्वार्तामा जनताले उपेन्द्र संसदमा नजाउन्, रेभोलुसनरी उपेन्द्रको भूमिकामा, पार्टी र संगठनको भूमिका रहुन् भन्ने जनादेश दिएको भन्नुभएको थियो । तर, अहिले फेरि उपचुनावमा होमिनुभएको छ नि !
एजेन्डा र मुद्दाको हिसाबले हाम्रो पार्टी रेभोलुसनरी नै हो । अहिले पनि रेभोलुसन इन्कम्प्लिट नै छ । अहिले पनि सामन्ती उत्पीडन छँदैछ । भ्रष्टाचार, लुटतन्त्र छँदैछ । अझै पनि भूमिसुधार हुन सकेको छैन । अझै पनि विपन्न जनताले न्याय पाउनसकेको छैन । यो पनि त रेभोलुसन नै हो नि ! रेभोलुसन भनेको खाली मारधार र फाइट मात्रै त होइन नि !
ग्रीन रेभोलुसन, व्हाइट रेभोलुसन, कल्चरल रेभोलुसन, इकोनोमिक रेभोलुसन पनि हुन्छ नि ! पोलिटिकल रेभोलुसनमा त धेरै अगाडि बढ्यौं तर सोसल र इकोनोमिकल रेभोलुसनलाई अगाडि बढाउनुपर्छ । त्यो भनेको विकाससँग जोडिएको हो । हरित क्रान्ति, स्वेत क्रान्ति किन नगर्ने ? त्यसैले त हाम्रो पार्टी समाजवादी हो ।
२०६४ सालदेखि पटक–पटक संघीय सरकारमा सहभागी हुनुभएको छ । र, पछिल्लो ५ वर्षदेखि मधेश प्रदेश सरकारको नेतृत्व नै तपाईंको पार्टीले गरेको छ । तर, कुनै पनि काम गर्न सक्नुभएको छैन भनेर प्रतिस्पर्धीहरूले भनिरहेका छन् नि ?
भन्नेहरूले के बुझ्नुपर्छ भने २५० वर्षको अन्धकार युगबाट भर्खर नेपाल जागृत भएर जनताहरू नागरिक अधिकारको उपभोग गर्दै अगाडि बढ्न थालेका छन् । त्यो थाल्नेबित्तिकै त गन्तव्यमा पुगिँदैन । त्यसले एउटा कोर्स लिन्छ । त्यति पनि नबुझ्नेहरू प्रतिद्वन्द्वी र प्रतिपक्षी हुनसक्छ त ?
संसदमा छिर्नका लागि र उपप्रधानमन्त्री बन्नकै लागि आफ्नै क्याडरको राजनीतिक जीवन समाप्त पारेर उपराष्ट्रपति बनाई अगाडि बढ्नुभयो भन्ने आरोप पनि सुनियो नि !
होइन, होइन, त्यस्तो कुरा होइन । सहकार्य गरेर राष्ट्र निर्माणमा अगाडि बढ्ने हो । अरू केही नपाएर यस्ता प्रचार गरिरहेका छन् ।
संघीय सरकारमा एउटा मन्त्रालय बाँकी राख्नुभएको छ । तपाईं आफैं उपप्रधानसहित वन मन्त्री बन्न खोज्नुभएको हो ?
दुईवटा खाली छ । दुईवटा मन्त्रालय र एक राज्यमन्त्री पाएका छौं । मेरो लागि खाली राखिएको हैन । अब चुनावलगत्तै त्यो फुलफिल हुन्छ । चुनावको कारण नभ्याएर खाली भएको हो ।
तपाईंले चुनाव जित्नुभयो भने आफैं मन्त्री बन्ने सम्भावना छ ?
अहिले हाम्रो पार्टीमा त्यस्तो कुनै छलफल वा निर्णय भएको छैन । त्यस विषयमा मैले सोचेको पनि छैन ।
मधेश प्रदेशमा सरकारको नेतृत्व फेरिने, तपाईंहरूले सत्ता कांग्रेस वा लोसपामध्ये कुनै एकलाई हस्तान्तरण गर्ने भद्र सम्झौता भएको भनिएको छ । के त्यो सत्य कुरा हो?
होइन, अहिले कुनै सम्झौता भएको छैन । आलोपालो सरकारको नेतृत्व गर्ने कुरा भएको छ ।
आलोपालो कोसँग ? कांग्रेस, लोसपा वा जनमत कोसँग ?
कुनै पनि पार्टीको बहुमत केन्द्रमा पनि छैन, यहाँ प्रदेशमा पनि छैन । त्यसैले प्रदेशमा आलोपालो हुने हो । त्यो गठबन्धनले गर्ने निर्णयको आधारमा हुन्छ । त्यस विषयमा अहिले गठबन्धनमा कुनै निर्णय भएको छैन ।
प्रदेश सरकार चुनावलगत्तै फेरिने हो वा साढे २ वर्षपछि ?
चुनावलगत्तै फेरिन्छ भनेर हल्ला चलाउनु बेकारको कुरा हो । गठबन्धनले आवश्यक ठानेको बेलामा निर्णय गरेर फेरबदल हुनसक्छ । तर, निश्चित अवधिका लागि एउटाले, त्यसपछि अर्को अवधिको लागि अर्कोले नेतृत्व लिने हो । त्यसको एउटा सूत्र नै बन्छ, सोही आधारमा हुने हो । अहिले कुनै सूत्र बनिसकेको छैन । त्यो बाहिरी हल्ला मात्र हो ।
जनमत पार्टी अहिले पनि मधेश प्रदेशमा छँदैछ । यहाँ उपचुनावमा तपाईंहरूबीच प्रतिस्पर्धा पनि भइरहेको छ । के भन्नुहुन्छ ?
हामी प्रतिशोधको, असहिष्णुताको, घृणाको, विद्वेषको राजनीति गर्दैनौं भन्ने यसले पनि प्रमाणित गर्छ नि !
नेकपा एमालेलाई पनि प्रदेश सरकारबाट हटाउन निकै समय लगाउनु भयो नि !
ठीक टाइममा हटाएको हो ।
त्यसो हो भने एमालेसँगको सहकार्य तोडियो होइन ?
अब हाम्रो आफ्नै गठबन्धन भइसकेपछि अर्को गठबन्धनको आवश्यकता छैन । अब राष्ट्रिय मुद्दामा, अन्तर्राष्ट्रिय मुद्दामा, राष्ट्र हितमा एमालेसँग सहकार्य हुन सक्छ । तर, गठबन्धनले नै त्यस्तो सहकार्य गर्छ ।
एकातर्फ पाँचदलीय गठबन्धनले तपाईंलाई जिताउन अभियान चलाएको देखिन्छ भने अर्कातर्फ उपेन्द्र यादवलाई जसरी पनि हराउनुपर्छ भनेर अभियान चलाएको पनि देखिन्छ,यसलाई कसरी हेर्नुभएको छ ?
त्यस्तो छैन । यसको मतलब यो गठबन्धनबाट अर्को गठबन्धन बन्ने सम्भावना छैन ।
तपाईंले जित्ने आधारहरू के-के छन् ?
सबै पार्टी लागेका छौं । सबै जनता एकजुट छन् । जनतामा जुन उत्साह र उमंग छ, त्यो नै मैले जित्ने आधार हो ।
भाषा अवरोधक त बनेको छैन नि ?
कुनै अवरोधक छैन । भनिन्छ नि, लभ र वारमा भाषाले रोक्दैन । कुनै अवरोध गर्दैन । बोल्नै नजाने पनि, भाषै नबुझे पनि प्रेम त हुन्छ । भाषा त्यहाँ अवरोधक हुँदैन । यो त झन् सामाजिक र राजनीतिक गतिविधि हो, भाषाले के अवरोध गर्छ त ?
स्थानीय उम्मेदवार भएकाले हामी जित्छौं भनेर जनमत पार्टीले दाबी गरिरहेको छ । त्यसबारे के भन्नुहुन्छ ?
हामी मधेशको मान्छे, मधेशमा जहाँ पनि स्थानीय नै हुन्छ ।
मधेशको एजेन्डा पनि विभाजित भएको हो?
मधेशको एजेन्डा विभाजित भएको छैन । मधेशमा रहेका आन्दोलनकारी शक्तिहरू विभाजन भएका हुन् । त्यसले मधेश आन्दोलनलाई केही हदसम्म नोक्सान नै पुर्याएको छ । त्यसलाई हामीले एक हदसम्म एकताबद्ध बनाएर अगाडि बढ्ने र सबैलाई समेटेर लाने प्रयास गरेका हौं ।
सत्तामा पुग्दा एजेन्डा बिर्सिनुहुन्छ भन्ने आरोप पनि लाग्ने गरेको छ नि !
हामी सत्तामा हुँदा संविधान संशोधनका लागि आयोग गठन गरेपछि एमाले सरकारबाट बाहिरिनुपरेको हो । एजेन्डा बिर्सिने कुरा हुँदैन ।
त्यसो हो भने संविधान संशोधन अहिले पनि तपाईंको एजेन्डा हो?
त्यो मेरो मात्र होइन, संसारकै सबैभन्दा उत्कृष्ट संविधान भन्नेहरूको एजेन्डा बनिसकेको छ ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि यहाँ उम्मेदवार बन्ने चाहना राख्नुभएको थियो । तर, उहाँको पार्टीले तपाईंलाई नै समर्थन गर्यो । जसपा र लोसपाबीच फेरि एकता हुन लागेको हो ?
अहिले निकट भविष्यमा एकता हुने कुरा छैन । अहिले सहकार्य हुने हो । भविष्यमा पार्टी एकता पनि हुन सक्छ ।
२८ पुस २०७९ मा ५८ सांसदको समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्, नेकपा एमालेका लिला गिरी । तीन महिना सरकारको नेतृत्व गर्न नपाउँदै लुम्बिनीमा सत्ता परिवर्तनको खेल शुरू भएको छ । केन्द्रमा ब...
रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको बारा- २ मा जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुशवाहा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मे...
मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल नेपालले ५३ वर्ष पूरा गरेको छ । स्वस्थ पत्रकारिताको विकास एवं सञ्चार माध्यम र पत्रकारलाई राष्ट्र, समाज र नाग...
प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई पूर्णता दिइसकेका छैनन् । पुस २६ गते विश्वासको मत लिएका प्रधानमन्त्रीले साढे दुई महिनामै फेरि संस...
आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका कारण चितवन क्षेत्र नम्बर २ को राजनीतिक माहोल तातेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उक्त क्षेत्रका निवर्तमान सांसद रवि लामिछानेको नागरिकता अवैध ठहर...
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत विगत एक महिनादेखि बारा- २ मा सक्रिय छन् । जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन उनको सक्रियता आफैं उम्मेदवार हुँदाको भन्दा कम छैन । यसअघि मंसि...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...