०६ साउन २०८३, बुधबार

स्वास्थ्यकर्मी ४ महिनादेखि पारिश्रमिकविहीन

स्वास्थ्यकर्मी ४ महिनादेखि पारिश्रमिकविहीन
प्रतिकात्मक तस्वीर

कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले ४ महिनादेखि पारिश्रमिक पाएका छैनन् ।

संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले ४ महिनादेखि तलब पाउन सकेका छैनन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउँछन् । नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ ।

चौधरी भन्छन्, ‘४ महिनादेखि विना तलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ ।’

संघीय सरकारले २ किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताए । पहिलो किस्तामा १ करोड ९२ लाख र दोस्रो किस्तामा ४२ लाख रुपैयाँ पठाएको थियो । चालू आवमा १ करोड ४२ लाख बजेट उपलब्ध भएको उनले बताए ।

चौधरीले भने, ‘स्थानीय तहले बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन ।’

तत्काल नगरपालिकाबाटै भए पनि २ महिनाको तलब उपलब्ध गराउन स्वास्थ्यकर्मीले माग गरेका छन् । नगरपालिकाका प्रमुख केवल चौधरीले स्वास्थ्यकर्मीको समस्या नगरपालिकाले समाधान गर्न नसक्ने बताए । स्वास्थ्यकर्मीलाई तलब खुवाउने जिम्मा संघीय सरकारको भएको उनको भनाइ छ ।
 
‘कर्मचारी संघीय सरकारबाट आएका हुन् । उनीहरूको सेवासुविधा संघीय सरकारले नै व्यहोर्नुपर्छ,’ नगर प्रमुख चौधरीले भने, ‘हामीले नियुक्त गरेका कर्मचारीको सेवासुविधा रोकेका छैनौं ।’

salt training

कमेन्ट गर्नुहोस्