३२ असार २०८३, बिहीबार
समाजमा देखिएको डरलाग्दो चित्र

मौलाउँदो अन्धभक्त राजनीति, नेताको देवत्वकरण र ‘नियन्त्रित अस्थिरता’

बैशाख ६, २०८०
मौलाउँदो अन्धभक्त राजनीति, नेताको देवत्वकरण र ‘नियन्त्रित अस्थिरता’

चितवन, बारा र तनहुँमा चुनाव नजिकिँदै गर्दा राजनीतिक सरगर्मी निकै बढेको छ । मंसिर ४ मा सम्पन्न चुनावमा दुईवटा राजनीतिक ध्रुव देखिएको भए पनि वैशाख १० गतेका लागि त्यो बदलिएको छ । मंसिर ४ ले दिएको जनमतबाट उदाएका दुई ‘नयाँ शक्ति’ राष्ट्रिय स्वतन्त्र र जनमत पार्टीले आ–आफ्नो अभियान अघि सार्दा राजनीतिक ध्रुव बदलिएको हो । 

यो राजनीतिक धुवीकरण हुँदाको रोचक पक्ष के छ भने प्रचण्ड नेतृत्व सरकारलाई विश्वासको मत दिएका रास्वपा र जनमत पाँचदलीय गठबन्धनमा छैनन् । नेकपा (एमाले) विरुद्ध बनेको पाँचदलीय गठबन्धनलाई निरन्तरता दिँदै नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले त आफ्नो उपस्थिति तीनै क्षेत्रमा शून्य बनायो । सत्ता गठबन्धनको हिस्सेदार सबैभन्दा ठूलो दल कांग्रेसले समेत बारामा आफ्नो उम्मेदवारी दिएन । 

राजनीति विचार, नीति, सिद्धान्तका आधारमै गरिन्छ । त्यसको नेतृत्व दलहरूले नै गर्ने हो । दलहरूले सम्बन्धित वर्ग तथा सिद्धान्त/विचारको प्रतिनिधित्व गर्छन् । तर वैशाख १० को चुनावसम्म रहेको गठबन्धन र अहिले सतहमा देखिएका दृश्यले उल्लिखित मान्यता पालन गरेको देखिन्न । गठबन्धनमा खासै त्यस्तो उत्साह पैदा भएको पनि देखिन्न । केवल सत्ता प्राप्तिका लागि ‘सिन्डिकेट’ बनेको मात्रै देखिन्छ । राष्ट्रिय शक्तिका रूपमा स्थापित दलहरूप्रति घट्दो विश्वास, त्यसको आक्रोशमा नयाँ शक्तिहरूप्रति समर्थकहरूले देखाएको अराजक लिप्साले झन् डरलाग्दो अस्थिरता स्थापित गर्ने बाटोमा मुलुक अघि बढेको देखिन्छ ।

गठबन्धन केका लागि ? कांग्रेस, माओवादी र जसपाले सोझो जवाफ  दिन सकेका छैनन् । जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवको चुनावी भाषण सुन्दा उनी आलाकाँचा कार्यकर्ताले प्रयोग गर्ने शब्दभन्दा तल्लो स्तरमा पुगेका छन् । राष्ट्रिय राजनीति र मधेस मुद्दामा केन्द्रित उपेन्द्रलाई गठबन्धनले सहयोग गर्दा समेत उनी किन यसरी झस्किइरहेका हुन् ? मंसिर ४ मा पराजय भोगेका तर संसद् भवन छिर्न हतार गरेका उपेन्द्रका ती अभिव्यक्ति ‘नियन्त्रित अस्थिरता’ कायम राख्ने ध्येयबाट प्रेरित देखिन्छ ।

तीन जिल्लाका चुनावी सेरोफेरोमा अहिले दुईखाले प्रवृत्ति डरलाग्दो ढंगले प्रकट भएकोे छ । पहिलो, अन्धभक्त । यसले जबर्जस्त ‘अन्धराष्ट्रवाद’कै शैलीमा नेतृत्वलाई देवत्वकरण गरेको छ भने अर्कोतर्फ त्यसको ठीक विपरीत छ । अन्धराष्ट्रवादको चरित्र जाति, उत्पीडित जाति वर्ग तथा राष्ट्रको स्थानीयताप्रति घृणा गर्ने विशेषता हुन्छ । त्यो आफूलाई अलग ‘सर्कल’मा राख्नका लागि र अन्य वर्ग, जाति र राष्ट्रहरूको अविश्वासको प्रतीक हो ।

तीन जिल्लाका चुनावी सेरोफेरोमा अहिले दुईखाले प्रवृत्ति डरलाग्दो ढंगले प्रकट भएकोे छ । पहिलो, अन्धभक्त । यसले जबर्जस्त ‘अन्धराष्ट्रवाद’कै शैलीमा नेतृत्वलाई देवत्वकरण गरेको छ भने अर्कोतर्फ त्यसको ठीक विपरीत छ । अन्धराष्ट्रवादको चरित्र जाति, उत्पीडित जाति वर्ग तथा राष्ट्रको स्थानीयताप्रति घृणा गर्ने विशेषता हुन्छ । त्यो आफूलाई अलग ‘सर्कल’मा राख्नका लागि र अन्य वर्ग, जाति र राष्ट्रहरूको अविश्वासको प्रतीक हो ।

अहिले रास्वपाका सभापति रवि लामिछाने र उनका कार्यकर्ताले प्रयोग गर्ने शब्द ठ्याक्कै अन्धराष्ट्रवादको चरित्रसँग मेल खान्छ । जस्तो, अन्य दलका समर्थकहरू सबै ‘झोले’, ‘जान्नेलाई छान्ने’, विरोधीलाई साइबर आक्रमण गरिहाल्ने, आफ्नो नेता र पार्टीले गरेको निर्णय अरूको भन्दा उच्च र हामीले मात्रै समाज विकासको क्रम बुझेका छौं भन्ने शैली अर्को प्रदूषित विचारको बीजारोपण मात्रै हो । यसले समाजलाई सही दिशामा लग्दैन ।

मंसिर ४ मा कांग्रेस र एमाले गुमाएको जनमतसँगै उल्लेखनीय जनमत लिन सफल रास्वपा र जनमतप्रति जुन ढंगले युवाहरूको आकर्षणको लहर छ त्यसको आयु पनि लामो जाने देखिन्न । राजनीतिक स्कूलबाट दीक्षित नभएका समूह, सस्तो लोकप्रियताको पछि लागेको त्यस समूहले समाजमा फैलाएको भ्रमले मुलुकलाई झन् अस्थिरतातिर डोहोर्‍याउने काम गरेको छ । नयाँ शक्तिमा नाममा जुन ढंगले भावानात्मक सपना बाँडिएको छ, त्यो पूरा हुन सक्दैन । भावनामा बाँडिएका सपना भंग हुन्छ त्यसले अन्ततः उही अराकताको भीड जम्मा गर्छ । 

राष्ट्रिय राजनीतिक दलमा देखिएको पुस्तान्तरणको अभाव, व्याप्त बेथिति, तथा पुरानो सोच दलहरूलाई सबैभन्दा भारी परेको छ । अघिल्लो दशकमा जुन ढंगले भावनात्मक रूपमा दलहरूले देखाएको सपना पूरा नहुँदा उनीहरूको विकल्प चाहिन्छ भन्ने जमात फेरि भावानात्मक रूपले बेलगाम अघि बढेको छ । 

यतिखेरको शासन व्यवस्थाको चरित्र सन् १९०१ तिर पश्चिमा मुलुकमा चलेको ‘बनाना रिपब्लिक’ अर्थात् (केरा गणतन्त्र)मा परिभाषित गरेजस्तै शैलीमा अघि बढेको छ । अहिले शासन गर्ने वर्ग सीमित अल्पसंख्यक धनाढ्य व्यक्तिहरूले अर्थतन्त्रको सबै प्रमुख क्षेत्रमा नियन्त्रण जमाएर बसेका छन् । श्रमको शोषण वर्ग, लिंग र उत्पीडित क्षेत्रको कसीमा हेरिएको छैन । 

मिटरब्याजी पीडित दिनदिनै सडकमा छन् । मध्यमखालका व्यवसायीहरूको उठिबास छ । आठौंपटकसम्म मन्त्रिपरिषद् विस्तार गर्दा समेत पूरा हुन सकेको छैन । मुलुक अर्थराजनीतिक हिसाबले कमजोर बन्दै गएको छ । असुरक्षित अर्थव्यवस्था, शहर र गाउँको असन्तुलित आर्थिक विकास, अर्धचेतन वृद्धिले समाजलाई झन् गहिरो विग्रहमा पुुर्‍याएको छ ।

तमाम नकारात्मक ग्राफ समाजमा विद्यमान रहँदा रहँदै पनि राष्ट्रिय जनगणनाको पछिल्लो नतिजाले सुन्दर र सम्भावनायुक्त रूपमा नेपाललाई चिनाएको भनी विश्लेषकहरूले सन्देश प्रवाह भने गरिरहेका छन् । जनगणनाको पछिल्लो यसको मापनयन्त्रमा ‘सक्रिय काम गरी खाने’ युवा शक्ति ६१ दशमलब ९ प्रतिशत हुनु यही सन्देशको सूचक हो । यही शक्तिलाई सही मार्गनिर्देशन गर्न सके मुलुकले फड्को मार्न समय लाग्दैन ।

तमाम नकारात्मक ग्राफ समाजमा विद्यमान रहँदा रहँदै पनि राष्ट्रिय जनगणनाको पछिल्लो नतिजाले सुन्दर र सम्भावनायुक्त रूपमा नेपाललाई चिनाएको भनी विश्लेषकहरूले सन्देश प्रवाह भने गरिरहेका छन् । जनगणनाको पछिल्लो यसको मापनयन्त्रमा ‘सक्रिय काम गरी खाने’ युवा शक्ति ६१ दशमलब ९ प्रतिशत हुनु यही सन्देशको सूचक हो । यही शक्तिलाई सही मार्गनिर्देशन गर्न सके मुलुकले फड्को मार्न समय लाग्दैन ।

जनसंख्या अनुसन्धानकर्ता चेतन अधिकारीले युवा शक्तिको विश्लेषण गर्दै भनेका छन्– ‘धेरै देशले मृत्युदर घटेको अनि युवा र सक्रिय जनसंख्या बढेको बेला नै विकास र समृद्धि हासिल गरेका छन् । अहिले न्यून आश्रित जनसंख्या भएको समय हो । यस्तै समयमा कोरिया, जापान, मलेसियाजस्ता देशले विकासमा फड्को मारेका हुन् ।’

यतिखेर यीमध्ये लाखौं युवाहरू विदेशमा छन् । विदेशमा उनीहरूले बगाएको पसिनाबाट आर्जेका रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको छ । पूँजीवादी भूमण्डलीकरणको सांस्कृतिक प्रभाव बढ्दो छ । त्यसैको परिणाम अहिले सामाजिक सञ्जालमा देखिने, पोखिने अभिव्यक्तिको प्रभाव स्वात्तै तल्लो वर्गमा पुगेको छ । 

राजनीतिको गलत वैचारिकी, अर्धचेतना, चरम उपभोक्तावादी चिन्तन, व्यक्तिवादी सोचले समाज गलत दिशातिर उन्मुख भएको छ ।

६२ प्रतिशत युवा शक्तिबाट देश विकास र समृद्धिमा पुर्‍याउन राष्ट्रिय शक्ति आवश्यक हुन्छ । यस युवा शक्तिलाई सकारात्मक चेतना भर्नका लागि सही वैचारिक विश्वविद्यालयमा आबद्ध गराएर दीक्षित गराउनु आजको आवश्यकता हो । यसले पुराना दलले केही पनि गर्दैनन् र हुन्न भन्ने नकारात्मक जगमा रहेर आक्रोशित पंक्तिलाई सकारात्मक बाटोमा डाहोेर्‍याउने काम गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्