१० असार २०८३, बुधबार

सेवाग्राहीसँग ९ हजार घुस लिनेविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

सेवाग्राहीसँग ९ हजार घुस लिनेविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

कर्मचारी र लेखापढी व्यवसायीले सेवाग्राहीबाट घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीको जलेश्वरमा नायब सुब्बा रामकृष्ण पंडित र लेखापढी व्यवसायी शुभाष चन्द्रलाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत लिएको पुष्टि भएपछि अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले पंडित र लेखापढी व्यवसायी कर्णलाई सेवाग्राहीबाट नौ हजार घुस लिइसकेको २०७९ फागुन १८ गते नियन्त्रणमा लिएको थियो । 

अख्तियारले मुख्य कसुरदार पण्डित र लाल मतियार भएको भन्दै अख्तियारमा मुद्दा दायर गरेको हो । 

मुद्दा दायरसम्बन्धी अख्तियारकाे विज्ञप्ति 

भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पंडित र भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज नायब सुब्बा रामकृष्ण पंडित र लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाई सेवाग्राहीबाट रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।११।१८ गते नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर महोत्तरीका नायब सुब्बा रामकृष्ण पंडितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग रु.9,000।- घुस/रिसवत माग गरी लिई लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाई राख्न दिई
भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएकोले,

निज रामकृष्ण पंडितलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 को उपदफा (1) बमोजिमको कसुरमा विगो रु.9,000।- (नौ हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन र भूसेवा केन्द्र संचालन गर्दै आएका उक्त केन्द्रका संचालक शुभाष चन्द्र लाल कर्णले घुस/रिसवतवापतको रु.9,000।– नायब सुब्बा रामकृष्ण पंडितबाट लिई राखेको र निजको साथबाट बरामद भएको देखिएकोवाट निज शुभाष चन्द्र लाल कर्णले मुख्य कसुरदार रामकृष्ण पंडितले गरेको भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 को उपदफा (1) वमोजिमको कसुरको मतियार भई भ्रष्‍टाचार निवारण ऐन, 2059 को दफा 22 वमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज शुभाष चन्द्र लाल कर्णलाई विगो रु.9,000।- (नौ हजार रुपैयाँ) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा 3 को उपदफा (१) वमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) वमोजिम हुने कैद सजायलाई आधार मानी सोही ऐनको दफा 22 वमोजिम आधा सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
भोला दाहाल

salt training

कमेन्ट गर्नुहोस्