एसीसी प्रिमियर कपमा नेपाललाई ओमानविरुद्ध छैटौं झट्का लागेको छ । ४३ बलमा २९ रन बनाएर खेलिरहेका आरिफ शेख ३१.१ ओभरमा जतिन्दर सिंहको बलमा आउट भएपछि फेरि अर्को विकेट गुमेको हो ।
१२ बलमा ७ रन बनाएका दीपेन्द्रसिंह ऐरी ३५.२ ओभरमा आउट भएका हुन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खाता नखोल्दै दुवै ओपनरको विकेट गुमाएको थियो ।
कुशल मल्लले अर्धशतक र शेखले पनि साथ दिएपछि नेपालले पारीलाई थप मजबुत बनाएको थियो ।
त्यसपछि फेरि नेपाल लगातार विकेट गुमाउन पुगेको हो ।
र कुशल मल्लले आक्रामक ब्याटिङ गरिरहेका छन् ।
उनले ५२ बलमा ७६ रन कटाइसकेका छन् ।