१० असार २०८३, बुधबार

हावाहुरी र चट्याङको सम्भावना छ सावधानी अपनाउनुस् : महाशाखा

हावाहुरी र चट्याङको सम्भावना छ सावधानी अपनाउनुस् : महाशाखा

मौसम पुर्वानुमान महाशाखाले आगामी २४ घण्टा तराईका केही स्थानमा हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

विज्ञप्ति जारी गर्दै महाशाखाले आगामी २४ घण्टा सावधानी अपनाएर सम्भावित जोखिम र क्षतिबाट बच्न आग्रह गरेको हो ।

‘आगामी २४ घण्टामा तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले चट्याङ्ग, हावाहुरीबाट हुनसक्ने जोखिमर क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’ महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । 

साथै आगामी २४ घण्टा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसहितका स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्