०७ साउन २०८३, बिहीबार

नराम्रो व्यवहार प्रयोग भए अहिलेको गठबन्धनको स्वास्थ्य बिग्रने खनालको चेतावनी

नराम्रो व्यवहार प्रयोग भए अहिलेको गठबन्धनको स्वास्थ्य बिग्रने खनालको चेतावनी

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनैपनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको प्रष्ट्याएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिवार जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा सहभागी हुन जनकपुरधाम गएका पुगेका खनालले यस्तो बताएका हुन् । ​

जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे । 

उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए । उपनिर्वाचनपछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उनले ‘नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने’ बताए । 

वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेकोसमेत समेत उनको भनाइ छ । देशको विभिन्न क्षेत्रहरू जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरूको एकताका लागि आग्रह र आह्वान गर्ने बताए । 
 

कमेन्ट गर्नुहोस्