×

NMB BANK
NIC ASIA

‘सकम्बरी’ गीतलाई लिएर पारिजात स्मृति केन्द्रको आपत्ति, अप्रासङ्गिक दृष्यहरू सच्याउन माग

बैशाख ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रकाश सपूतको गीत ‘सकम्बरी’ (फूलमाया)लाई लिएर पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ ।

Muktinath Bank

गीतको भिडियोमा पारिजातको कृति ‘शिरीषको फूल’का दुई पात्रहरूको नाम सकम्बरी र सुयोगवीर राखेकोमा केन्द्रले आपत्ति जनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेस विज्ञप्ति जारी गर्दै स्मृति केन्द्रले भनेको छ ‘साहित्यकार पारिजातद्वारा लिखित उपन्यास शिरीषको फूलकी पात्र सकम्बरीको चरित्रसँग कुनै पनि प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु, पुरुष पात्रलाई सुयोगवीर नाम दिनु र शिरीषको फूल पुस्तकसमेत देखाउनुलाई संयोग मात्र मान्ने अवस्था देखिएन । यसरी पारिजातद्वारा लेखिएको कृति प्रयोग गर्नका लागि यस केन्द्रसँग कुनै स्वीकृति लिएको अवस्था पनि छैन । यसबाट प्रतिलिपि अधिकारको पनि उल्लंघन भएको छ ।’


Advertisment
Nabil box
Kumari

पारिजात स्वयं नारी सशक्तीकरणका लागि लडेको व्यक्तित्व भएको स्मरण गर्दै महिलाको छविलाई सामान्यीकरण गरी नकारात्मक रुपमा प्रस्तुत गरिएको गीतको छायांकनमा अप्रासङ्गिक रूपमा शिरीषको फूल पुस्तक प्रयोग गरिएको र गीति भिडियोमा देखाइएका पात्रहरूको नाम सकम्बरी र सुयोगवीर राखिएको भन्दै केन्द्रले आपत्ति जनाएको हो ।

Vianet communication
Laxmi Bank

‘अनिधिकृत छायांकनबाट सुप्रसिद्ध साहित्यकार पारिजातको कृतिमाथि अन्याय हुनुका साथै उहाँको छविलाई अमर्यादित पार्ने काम भएको पारिजात स्मृति केन्द्रको ठहर छ’ प्रेस विज्ञप्‍तिमा भनिएको छ, ‘स्मृति केन्द्र सर्जकको स्वतन्त्रताप्रति सदैव संवेदनशील रही आएको र  लेखकीय स्वतन्त्रताको पक्षधर रहेको पनि जानकारी गराउँदै श्री प्रकाश सपूतलाई क्षमायाचना गर्न तथा त्यस्ता दृष्यहरु सच्याउन माग गर्दछ ।’

प्रकाशले आफ्नै शब्द, संगीत र स्वरमा सार्वजनिक गरेको ‘सकम्बरी’ गीत केही दिनयता सर्वाधिक चर्चामा छ । गीतले १० दिनमै युट्युबमा डेढ करोड भ्युज पाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x