०९ असार २०८३, मंगलबार

तनहुँमा स्वर्णिमको मतप्रतिशत घट्याे, कांग्रेस र एमालेकाे बढ्याे

बैशाख ११, २०८०
तनहुँमा स्वर्णिमको मतप्रतिशत घट्याे, कांग्रेस र एमालेकाे बढ्याे

तनहुँ १ मा २१ हजार २६१ मतगणना हुँदा रास्वपाका स्वर्णिम वाग्लेले ५३३६ मतको अग्रता लिएका छन् । वाग्लेले ११ हजार २२१ मत ल्याएका छन् । यो ५३ प्रतिशत मत हो । तर उनकाे मत प्रतिशत घटेकाे छ । यस अघि ५६ प्रतिशत मतले अग्रता लिएका थिए । 

कांग्रेसका गोविन्द भट्टराईले ५८८५ मत ल्याएका छन् । यो २८ प्रतिशत मत हो । यस अघि उनकाे २५ प्रतिशत थियाे ।

एमालेका सर्वेन्द्र खनालकाे ३४६८ मत आएको छ । यो १६ प्रतिशत मत हो । यस अघि उनकाे १५ प्रतिशत मात्रै थियाे ।

अहिलेसम्म १५ वटा वडाको मतगणना सकिएको छ । तनहुँमा ६३ हजार ७५७ मत खसेको छ । यस अघि कांग्रेसको २५ र एमालेको प्रतिशत मात्रै थियो । 

यद्यपी जारी मतगणनामा वाग्लेले निरन्तर अग्रता लिइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्