३० जेठ २०८३, शनिबार

उडिरहेको विमानमा आगो लागेपछि... (भिडियो)

बैशाख ११, २०८०
उडिरहेको विमानमा आगो लागेपछि... (भिडियो)

आकाशमा उडिरहेको यात्रुवाहक विमानमा आगो लागेको घटना हालै सार्वजनिक भएको छ । 

त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

आइतवार अमेरिकी एयरलाइनको एक विमानको इन्जिनमा आगो लागेको हो । चरा ठोकिएकाले आगो लागेको तर ठूलो दुर्घटना चाहिँ नभएको बताइएको छ । 

अमेरिकाको संघीय उड्डयन प्राधिकरणले सीबीएस न्युजलाई बताएअनुसार, आगो लागेको ३० मिनेटभित्र बिहान ८ बजे ओहायोको जोन ग्लेन कोलम्बस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो । 

घटनामा कोही पनि घाइते भएन । 

विमान सुरक्षित अवतरण गरेपछि मात्र यात्रीहरूले घटनाको बारेमा थाहा पाएका थिए । 

अहिले विमानलाई मर्मतसम्भार गर्नका लागि आउट अफ सर्भिस गरिएको छ अनि यात्रुहरूलाई आआफ्नो गन्तव्य पुर्‍याइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्