
आकाशमा उडिरहेको यात्रुवाहक विमानमा आगो लागेको घटना हालै सार्वजनिक भएको छ ।
त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
आइतवार अमेरिकी एयरलाइनको एक विमानको इन्जिनमा आगो लागेको हो । चरा ठोकिएकाले आगो लागेको तर ठूलो दुर्घटना चाहिँ नभएको बताइएको छ ।
अमेरिकाको संघीय उड्डयन प्राधिकरणले सीबीएस न्युजलाई बताएअनुसार, आगो लागेको ३० मिनेटभित्र बिहान ८ बजे ओहायोको जोन ग्लेन कोलम्बस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो ।
घटनामा कोही पनि घाइते भएन ।
विमान सुरक्षित अवतरण गरेपछि मात्र यात्रीहरूले घटनाको बारेमा थाहा पाएका थिए ।
अहिले विमानलाई मर्मतसम्भार गर्नका लागि आउट अफ सर्भिस गरिएको छ अनि यात्रुहरूलाई आआफ्नो गन्तव्य पुर्याइएको छ ।
Taken from Upper Arlington, Ohio. AA1958. pic.twitter.com/yUSSMImaF7
— CBUS4LIFE (@Cbus4Life) April 23, 2023