०७ साउन २०८३, बिहीबार

चरा ठोकिएको भ्रम फैलाउने फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

बैशाख १२, २०८०
चरा ठोकिएको भ्रम फैलाउने फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

नेपाल नागरिक उडड्यन प्राधिकरणले काठमाडौंबाट दुबईका लागि उडेको जहाजमा चरा ठोकिएको भ्रम फैलाउने दुई जना म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

प्राधिकरणले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको हो ।

साथै उनीहरुको एयरपोर्ट पाससमेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ ।

यस अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि चरा ठोकिएको पुष्टि नभएको जानकारी गराएका थिए । 

गाईभैँसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेको भन्दै उनले नकरात्मक हल्ला गर्ने बानी छाड्नका लागि आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्